एलिसा मेडिकल सेन्टरमा पुनः सिलबन्दी

6 March, 2017 09:55 |जन सरोकार | comments | 44700 Views

    pp

    सिनामङ्गलमा रहेको एलिसा मेडिकल सेन्टर प्रालिलाई दिएको निर्देशन पालन नगरेको भन्दै  पुनः सिलबन्दी गरेको छ ।आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत माघ २४ गते नै जिल्ला प्रशासन कार्यालयबाट दर्ता नभई सञ्चालन गरेको भनी सिलबन्दी गरी जिल्ला प्रशासन कार्यलयमा दर्ता गर्न निर्देशन दिएको थियो ।

    adsads

    विभागको निर्देशन पालना नगरेको भन्दै अनुगमन संयोजक पवन प्याकुरेल र रमेशकाजी श्रेष्ठको संयुक्त टोलीले निर्धारित समयमा पनि निर्देशन पालना नमानेको भन्दै  फेरि सिलबन्दी गरेको हो ।

    निर्देशन पालना नगरेसम्म एलिसा मेडिकल सेन्टर सञ्चालन गरे थप कारबाहीको प्रक्रिया अघि बढाइने विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।

    विभागले आज नै गरेको अनुगमनका क्रममा काठमाडौँ उपत्यकाको विभिन्न स्थानको खाद्य पसलबाट म्याद नागेका अखाद्य सामग्री नष्ट गरेको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

    म्याद नाघेको सामग्री राख्ने पसलमा ललितपुर एकान्तकुनामा रहेको पाथीभरा सप्लायर्स, ललितपुर कुसुन्तीमा रहेको बयानबहादुर तामाङ खाद्य स्टोर र न्यू गोकुल स्टोर रहेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!