दुई अभियुक्त सार्वजनिकदुई अभियुक्त सार्वजनिक

  • दुई अभियुक्त सार्वजनिक
  • दुई अभियुक्त सार्वजनिक
  • दुई अभियुक्त सार्वजनिक
  • दुई अभियुक्त सार्वजनिक
  • दुई अभियुक्त सार्वजनिक
  • दुई अभियुक्त सार्वजनिक

एल्जिना खड्का बलात्कार र हत्या प्रकरण : दुई अभियुक्त सार्वजनिक

15 November, 2018 17:11 |जन सरोकार | comments | 14400 Views

    दुई अभियुक्त सार्वजनिक

    गत शनिबार उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएका दुई अभियुक्तहरुलाई बिहिबार प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी गराउनुभएको हो ।

    adsads

    प्रहरीका अनुसार बालिका हत्यामा संलग्न भएका दुई बालक १४ वर्षीय बहादुर राई (नामपरिबर्तन) र अर्का १७ वर्षीय बिपललाई बालिका हत्याका अभियोगमा चार दिनको अनुसन्धानपछि बिहिबार  सार्वजनिक गरिएको हो ।

    प्रहरीका अनुसार गत शनिबार बालिका खड्का एक्लै घरनजीकैको जङ्गलमा बाख्रा चराउन गएकी थिइन् । बालिका एक्लै देखेर दुई अभियुक्तले बालिका भएको स्थानमा गएर पक्रेर बलात्कारपछि हत्या गरेको अभियुक्तहरुले स्वीकार गरेको अनुसन्धानले देखाएको प्रहरी प्रमुख राईले बताउनुभयो । बाख्रा चराउन गएकी बालिका राति अबेरसम्म घरमा नआएपछि अभिभावकसहित छिमेकीले रातभरि खोज्ने क्रममा आइतबार २ बजे नजीकैको खरबारी पाखाको एक रूखको फेदमा शरीरमा लगाएको कपडा च्यातिएको, घाँटीमा नीलडाम र मुखमा कपडा खादेको अवस्थामा मृतावस्थामा बालिका भेटिएको प्रहरीले बताएको छ ।

    घटना अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा चिकित्सकको टोली, तालीम प्राप्त कुकुरसहितको प्रविधि प्रयोग गरेको थियो भने शवपरीक्षणको लागि सुनसरीको बिपी मेमोरियल अस्पताल पठाएको प्रहरीले बताएको छ । अनुसन्धानमा प्रहरीले ६ जना पक्राउ गरे पनि हत्यामा संलग्न दुई जना मात्र भएको पुष्टि भएपछि बिहिबार अभियुक्तहरुलाई सार्वजनिक गरेको र अन्यलाई छाडिएको प्रहरीले बताएको छ ।

    अभियुक्तहरु नेपालको कानूनअनुसार बालक नै भएको कारण पहिला अदालतको परामर्शअनुसार सुधारगृहमा पठाउने तयारी भइरहेको र पछि अदालतको दण्डसजायबमोजिम कारवाही अगाडि बढाउने प्रहरीले बताएको छ ।

    १३ वर्षीया बालिका एल्जिनाको हत्यामा संलग्न भएको आशङ्कामा पाँच जना पक्राउ

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    दुई अभियुक्त सार्वजनिक

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!