एल्बम ’जय मायाप्रेम’एल्बम ’जय मायाप्रेम’

  • एल्बम ’जय मायाप्रेम’
  • एल्बम ’जय मायाप्रेम’
  • एल्बम ’जय मायाप्रेम’
  • एल्बम ’जय मायाप्रेम’
  • एल्बम ’जय मायाप्रेम’
  • एल्बम ’जय मायाप्रेम’

एल्बम ’जय मायाप्रेम’ सार्वजनिक : दाउरा उपहार बोलको गीत युट्युबमा (भिडियो सहित)

16 March, 2018 09:44 |कला/मनोरन्जन | comments | 102900 Views

    एल्बम ’जय मायाप्रेम’

    राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै एल्बम ’जय मायाप्रेम’ सार्वजनिक गरिएको छ ।

    अर्जुन रत्न भिकारीको एकल शब्द , चेतन सापकोटाको एकल संगीत र नारायण धितालको एकल स्वर रहेको एल्बम बजारमा आएको हो ।

    adsads
    वरिष्ठ कलाकार नीर शाह र नारायण र चेतनका गुरु चन्दन श्रेष्ठको उपस्थितिमा सार्वजनिक गरिएको एल्बममा चार गीत समावेश छन् ।

    ‘दाउरा उपहार’, ‘जरुवाको पानी सार्है मिठो’, ‘बिहे गरी लाने हो’ र ‘चिसो चिसो मन्द मन्दा बतास’ बोलको गीत समावेश यस एल्बमको सम्पूर्ण गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियोमा निकेश खड्का , तेन्जु योन्जन र युबराज वाइवाको निर्देशन रहेको छ । गीतहरुमा प्रियंका कार्की , बेनिशा हमाल , सुष्मा अधिकारी , सोनु घर्तिसँगै अर्जुन , नारायण र चेतनले समेत अभिनय गरेका छन् । तीन गीतको छायाँकन हिमाली भेगको मनोरम दृश्यमा गरिएकोछ , जसलाई सुदीप बरालले छायाँकन गरेका छन् ।

    एक गीतको छायाँकन उत्तम हुमागाईले गरेका हुन् । गीतलाई क्रमश बजारमा ल्याइने जनाइएको छ । टीमले पहिलो कोसेली स्वरूप दाउरा उपहार बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेको छ । गीतमा गीतकार अर्जुन रत्न र प्रियंका कार्कीको अभिनय रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

    नारायण धिताल , गायक – पहिलो एल्बम धड्कन र काइट्स ल्याएपछी यतिबेला अर्जुन र चेतनजीसंगको सहकार्यमा ’जय मायाप्रेम’ लिएर आएको छु । गीत गाउने रहर सानै देखि नै हो तर विदेश बसाइ भएकोले यसलाई निरन्तरता दिन सकेको थिइन् । तर अब बर्षमा एउटा गीत लिएर दर्शक तथा श्रोता माझ आउने कोसिश गर्नेछु । हाम्रो टीमले दर्शकको रोजाई अनुसारको गीत बनाउन सफल भएको छौ भन्ने विश्वास छ ।

    अर्जुन रत्न , गीतकार – यसमा हामीले सबै प्रकृतिका गीतलाई लिएर एल्बम बनाएका छौ । यसमा रमाइलो , स्याड र लभ गीत सम्पूर्ण छन् । गीतको भिडियोलाई हिमाली भेगको रमणीय दृश्यमा तयार गरेका छौ । आश छ दर्शकले रुचाउनु हुन्छ भन्ने ।

    चेतन सापकोटा , संगीतकार – विदेश भ्रमणको क्रममा उहाँहरुमा गीतसंगीत प्रति देखेको लगावकै कारण हामीले एल्बम गर्ने निधो गरेका हौ । एल्बममा मैले सबै किसिमको गीत तयार गर्ने कोसिस गरेको छु । गीतको भिडियो निर्माण गर्न कुनै सम्झौता गरिएको छैन । अर्जुनजीको शब्दलाई नारायणजीले न्याय गरेर गाउनु भएको छ । पहिलो भिडियोको रुपमा स्याद भर्सनको गीतलाई दर्शक माझ ल्याएका छौ । अब क्रमस सम्पूर्ण गीत ल्याउने छौ ।

    भिडियो –

    गायक सुजनको गीत ’कसम मन पर्यो’ को भिडियो सार्वजनिक(भिडियो सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    एल्बम ’जय मायाप्रेम’

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!