स्वरेजस्वरेज

  • स्वरेज
  • स्वरेज
  • स्वरेज
  • स्वरेज
  • स्वरेज
  • स्वरेज

एल क्लासिको : बार्सिलोनाद्वारा रियल मड्रिड ५-१ ले पराजित (हाईलाइट्स भिडियो)

29 October, 2018 14:45 |खेल | comments | 12900 Views

    लुइस स्वरेजले गरे ह्याट्रिक

    स्वरेज

    एल क्लासिको अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । गए राति भएको खेलमा रियल बार्सासंग ५-१ ले स्तब्ध हुन पुग्यो ।

    adsads

    बार्सालाई महत्वपूर्ण जित दिलाउनको लागि लुइस स्वरेजले ह्याट्रिक गरे । बार्सिलोनाको घरेलु मैदान भएको खेलमा २००७ पछि एल क्लासिकोमा रोनाल्डो र मेसी थिएनन् । रोनाल्डो रियल छोडेर युभेन्टसमा अनुबन्धित भएका थिए भने मेसी घाइते भएका कारण मैदानमा उपस्थित थिएनन् ।

    खेलको सुरु भएको ११ औं मिनेटमामै काउटिन्होको गोलबाट बार्साले अग्रता लिएको थियो । त्यस्तै खेलको ३० औं मिनेटमा भीएआरको मदतमा बार्सिलोनाले पेनाल्टी पायो र उक्त पेनाल्टीलाई सदुपयोग गर्दै स्वरेजले गोल गर्दै बार्साको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २-० मा पछि परेको रियलको लागि दोस्रो हाफको सुरुमा नै मार्सेलोले गोल गर्दै रियल मड्रिडलाई खेलमा फर्काउने संकेत दिए । तर खेलको ७५ औं मिनेटमा स्वरेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्साको अग्रता ३-१ मा पुर्याए ।

    त्यस्तै आफ्नो ह्याट्रिक पूरा गर्ने क्रममा ८३ औं मिनेटमा गोल गर्दै बार्साको अग्रता फराकिलो बनाए । यसैगरी बार्साको लागि खेल सकिन तीन मिनेट बाँकी छँदा डेम्बेलेको पासमा भिडालले गोल गर्दै बार्सिलोनालाई ५–१ को सहज जित दिलाए ।

    बार्सिलोना

    जितसँगै बार्सिलोना १० खेलबाट २१ अंकका साथ शीर्ष स्थानमा छ भने १४ अंक जोडेको रियल मड्रिड भने नवौं स्थानमा छ ।

    हाईलाइट्स भिडियो:

    एल क्लासिको खेलमा रियल र बार्सिलोनाले २-२ को बराबरी खेले (हाईलाइट्स भिडियो)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    स्वरेज

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!