एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकलाई नेपालमा लगानी गर्न आग्रह

20 June, 2018 23:38 |अर्थ | comments | 53100 Views

    प्रधानमन्त्री केपी शर्मा ओलीले एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

    बैंकको मुख्यालय बेइजिङमा सो बैंकका अध्यक्ष जेन लिक्युनसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले जलस्रोत, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

    adsads

    नेपालमा राजनीतिक स्थिरता कायम भएको र स्थायी सरकार गठन भएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल सुगम गन्तव्य रहेको जानकारी दिनुभयो । उहाँले लगानीकर्तालाई नहच्किन पनि भन्नुभयो ।

    प्रधानमन्त्री ओलीको आग्रहलाई सकारात्मक रुपमा लिँदै अध्यक्ष जेनले लगानीका प्राथमिकता निर्धारण गरी नेपालमा आउन आफूहरु तयार रहेको र केही परियोजनामा लगानीसमेत गरिसकेको बताउनुभएको थियो ।

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!