एशिया कप क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

21 August, 2019 17:33 | खेल | comments | 16500 Views

यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।

यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले भदौ २० गते श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

ads ads

एसियन क्रिकेट काउन्सिल (एसिसी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक श्रीलङ्कासँगै बङ्गलादेश र संयुक्त अरब इमिरेटस (युएई) रहेका छन् ।

त्यसैगरी समूह ‘ए’मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । नेपालले आफ्नो दोस्रो खेलमा भदौ २२ गते बङ्गलादेशसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल भदौ २४ गते युएईसँग खेल्नेछ ।

राउण्ड रोबिन लिगपछि दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । असार महीनामा मलेसियामा सम्पन्न भएको एसिसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एशिया कपमा छनोट भएको थियो । त्यतिबेला नेपालले फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More