एसइई परीक्षा अगावै प्रश्नपत्र आउट गर्ने प्रहरी जवानद्वय कारागार चलान
माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र परीक्षा अगावै आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई प्रहरी जवानलाई जिल्ला अदालत सिरहाले पूर्पक्षका लागि कारागार पठाएको छ । अदालतका न्यायाधिश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रहरी जवानद्वय ब्रहमदेव यादव र दीपेन्द्र मण्डललाई पूर्पक्षका लागि कारागार पठाएको हो ।
प्रहरी जवानद्वय यादव र मण्डल इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहामा कार्यरत रहेका थिए । प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका–१० निवासी विष्णुदेव यादव र अरोजकुमार यादवलाई जनही रु एक लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश गरिएको अदालतले जनाएको छ ।
त्यस्तै राजविराज नगरपालिका–१६ निवासी शिक्षक मनोज यादव, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ निवासी १७ वर्षीय राजेश यादव, सोही ठाउँका १७ वर्षीय उमेश यादव र तराकान्त इसरलाई जनही रु एक लाख धरौटीमा रिहा गर्न आदेश दिइएको जनाइएको छ ।


प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)का प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीको नेतृत्वको टोलीले गत चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र प्रहरी जवानद्वय यादव र मण्डलमार्फत परीक्षा अगावै सार्वजनिक भएको भन्दै उहाँहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकामाथि प्रहरीले सरकारी लिखत किर्ते र परीक्षा मर्यादा विपरीत कार्य सम्बन्धित मुद्दा चलाएको हो ।
इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको स्थानबाट निकालेर फोटो खिची ब्रहमदेवले इमोमार्फत आफ्नो दाई विष्णुदेव यादवलाई पठाएको अनुसन्धानबाट खुलेको थियो । भाई ब्रहमदेवले पठाएको प्रश्नपत्र विष्णुदेवले सामाजिक सञ्जालमार्फत शिक्षक रहेका मनोजलाई प्रश्नपत्रको फोटो पठाएका थिए । त्यसपछि मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो ।
एसइई प्रश्नपत्र आउट प्रकरण : प्रदेश २ मा प्रहरीबाटै बाहिरिएको थियो
तपाईंको प्रतिकृया
ताजा समाचार
- घरबाट भागेर लजमा बसेका देवर–भाउजूको मृत्यु
- कोरोनाका कारण यस हप्ता विदेशमा थप नौ नेपालीको निधन, दुई हजार सङ्क्रमित
- चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी
- पोखरामा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणले जगाएको उत्साह
- सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ
- ‘महेन्द्र संस्कृत विश्वविद्यालय’ र ‘नालन्दा’मा लगाइएको आगोको समानता
- बजार पूँजीकरण ३२ खर्ब, शीर्ष दशमा रहेको कम्पनीको यस्तो छ विवरण
- प्रधानमन्त्री ओलीबाट चिकित्सा शिक्षाको शुल्क घटाउन निर्देशन
- के निर्णय गर्ला अब प्रचण्ड–माधव समूहको स्थायी कमिटीले
- ओलम्पिया वल्ड स्कूलका संचालकले तीन करोड ठगेपछि
- सङ्कटका बेला गैरआवासीय नेपालीको भूमिकाको परराष्ट्रमन्त्रीबाट प्रशंसा
- पूर्वजनमुक्ति सेनालाई विगतका सरकारले जस्तो धोका नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
- राष्ट्रपति बाइडेनका चुनौती- तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर
- भारतबाट आएको कोरोनाको खोप सातवटै प्रदेशमा पठाउन सुरु
- मलेशियाबाट एकजनाको अस्तुसहित १८ नेपाली कामदारको शव ल्याइयो
- स्मरणमा गोर्खा–बङ्गाल युद्ध : नेपाली सेनाले सबैभन्दा ठूलो जीत हातपारेको दिन
- निर्वाचन हुने सम्भावना छैन, संसद् पुनःस्थापना पहिलो प्राथमिकता
- कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन
- एपिएफ अस्पतालमा सडक मानवलाई निःशुल्क सम्पूर्ण सेवा : महानिरीक्षक खनाल
- धर्म र पर्यटनलाई जोड्दै तीर्थहरुमै श्रेष्ठ मानिएको देवघाटधाम
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


