एसईईको नतिजा सर्यो, बिहिबार प्रकाशित हुने

26 June, 2019 17:50 | जन सरोकार | comments | 18900 Views

आज बुधबार हुने भनिएको २०७५ सालको एसईई परीक्षाको परीक्षाफल सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले तयारी नपुगेको भन्दै भोलि बिहीबार प्रकाशित गर्ने बताएको छ ।

जीपीए जाँच्नुपर्ने र केही त्रुटि देखिएमा सच्याउनुपर्ने भएकाले सबै तयारी पुरा गरेर मात्र नतिजा आउे ने भएकालबुधबार सार्वजनिक हुने भनिए पनि केही प्राविधिक कुराले गर्दा बिहिबार मात्र परीक्षाफल प्रकाशित हुने बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभएको छ ।

उहाँले परीक्षाफल प्रकाशित गर्न केही सामान्य काम बाँकी रहेको जानकारी दिँदै अधिकांश तयारी सकिएको र पुनः परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको बताउनुभयो ।

  

बिहिबार राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने गरी तयारी भैरहेको बताइएको छ । बोर्डले यो वर्षदेखि पहिलोपटक प्रदेश अन्तर्गत परीक्षाफल प्रकाशित गर्ने भएको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले यो वर्षबाट पहिलोपटक प्रदेशअन्तर्गत परीक्षाफल प्रकाशित गर्न लागिएको जानकारी दिनुभएको छ ।

गत चैत १० गतेदेखि सञ्चालित परीक्षामा नियमिततर्फ करिब ४ लाख ५९ हजार र एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थी सहभागी थिए । पनिकाले गत वर्ष पनि असार ११ गते परीक्षाफल प्रकाशित गरेको थियो ।

एसईई परीक्षाको परीक्षाफल ढिलो हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More