एसईई परीक्षा चैत ८ देखि सञ्चालन हुने

20 December, 2017 21:31 | जन सरोकार | comments | 182400 Views

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत आठ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको चैत आठ गतेदेखि तालिका सार्वजनिक गरेको हो ।

ads ads
तालिका अनुसार चैत ८ र ९ गते अनिवार्य अंग्रेजी र नेपाली विषयको परीक्षा सञ्चालन हुने भएको छ ।

चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान, १४ गते सामाजिक अध्ययन, १५ गते अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण, १६ गते ऐच्छिक प्रथम र १७ गते ऐच्छिक द्धितिय विषयको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले संस्कृत तथा प्राविधिक धारका विषयहरुको परीक्षा पनि चैत आठ गतेदेखि २० गतेसम्ममा सम्पन्न गर्नेगरी तालिका सार्वजनिक गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More