एसपी सरुवाको निर्णय रोक्न गृहमन्त्रीको निर्देशनः आईजीपीलाई तनाव

2 August, 2017 23:35 |राजनीति | comments | 150900 Views

    प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालको निर्णय दुई दिन पनि टिक्न नसकेपछि उनी तनावमा परेका छन् । मंगलबार मात्रै ७० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा निकालेका अर्यालले बुधबार गृहमन्त्री जनार्दन शर्माले सरुवा सच्चाउन निर्देशन दिएका थिए ।

    adsads

    धनुषा जिल्लाका एसपी लालमणी आचार्यको ठाउँमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) की एसपी मीरा चौधरीलाई सरुवा गरिएको थियो । तर नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आपत्ति जनाएपछि चौधरीको सरुवा थामिएको हो ।

    स्रोतका अनुसार निधिले प्रधानमन्त्री देउवालाई स्थानीय तहको दुई नम्बर प्रदेशको चुनाव अघि आफ्नो जिल्लाको एसपी नचलाईदिन अनुरोध गरेपछि देउवाले गृहमन्त्री जनार्दन शर्मालाई सरुवा सच्चाउन निर्देशन दिएका थिए ।
    पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालले तत्कालीन उपप्रधान एवं गृहमन्त्री निधिको पहलमा गृह जिल्ला धनुषामा एसपी आचार्यको सरुवा गराएका थिए । महिला प्रहरीलाई कमाण्ड सम्हाल्न दिने चाहना रोकिएपछि प्रहरी महानिरिक्षक तनावमा छन् ।

    चौधरीको सरुवा रोकिएपछि सामाजिक सञ्जालमा समेत खिल्ली उडाएका छन् पूर्व प्रहरी अधिकृतहरुले । पूर्व डीआईजी टपेन्द्रध्वज हमाल फेसबुकमा लेख्छन्,‘जानकी माताको मन्दिरमा महिलाहरुको प्रवेश ज्यादै कठिन भो त ।’
    प्रहरी प्रवक्ता एसएसपी पुष्कर कार्कीले मंगलबारकै निर्णय यथावत रहेको जानकारी दिँदै थप निर्णय नभएको बताए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!