एसिड आक्रमणकारीको एउटा आँखा फुटाउन अदालतको आदेश

3 February, 2017 19:25 | विश्व समाचार | comments | 49500 Views

aside

इरानको सर्वोच्च अदालतले एसिड आक्रमणकारी एक महिलाको आँखा फुटाउन आदेश दिएको छ। इस्लामिक कानुन सरियाको आधारमा ‘आँखाको बदला आँखा’ लिनका लागि अदालतले त्यस्तो आदेश जारी गरेको स्थानीय सञ्चारमाध्यमलाई उधृत गर्दै रोयटर्सले जनाएको छ।
ads ads

अदालतले दोषी ठहर्‍याएकी महिलाको परिचय खुलाइएको छैन। उनले सीमा नामक एक महिलालाई दुई वर्षअघि एसिड प्रहार गरेकी थिइन्। उनलाई एउटा आँखा फुटाउने, क्षतिपूर्ति तिराउने र सात वर्ष काराबासको सजाय दिने फैसला सर्वोच्च अदालतले गरेको हो।

अदालतको यस्तो फैसलापछि अधिकारकर्मीहरुले एसिड आक्रमणकी पीडित सीमा र उनको परिवारसँग दोषी महिलालाई माफी दिनका लागि आग्रह गरेको जनाइएको छ।

सन् १९७९ मा लागु भएको इस्लामिक सरिया कानुनमा शारीरिक क्षति पु¥याएवापत पीडकलाई उस्तै सजाय दिइने व्यवस्था छ। हालैका वर्षहरुमा इरानमा एसिड आक्रमण बढेपछि यस्तो सजाय दिइएको अधिकारीहरुले बताएका छन्। अन्याथा यस्तो फैसला इरानमा बिरलै हुने जनाइएको छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More