तेक्वान्दोतेक्वान्दो

  • तेक्वान्दो
  • तेक्वान्दो
  • तेक्वान्दो
  • तेक्वान्दो
  • तेक्वान्दो
  • तेक्वान्दो

एसियन खेलकुदमा तेक्वान्दो खेलमा पदक जित्ने खेलाडीलाई अनटिएफले नगद पुरस्कार दिने

15 August, 2018 18:52 |खेल | comments | 35700 Views

    नेपालका लागि पदक जित्ने खेलाडीलाई जनही ५ लाख, ३ लाख र १ लाख ५० हजार नगद पुरस्कार दिने घोषणा

    तेक्वान्दो

    युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) ले आसन्न एसियन खेलकुदमा तेक्वान्दो खेल तर्फ नेपालका लागि पदक जित्ने खेलाडीलाई नगद पुरस्कार उपलब्ध गराउने निर्णय गरेको छ ।विश्वभरी छरिएर रहनु हुने तेक्वान्दो खेलका पूर्व प्रशिक्षक, प्रशिक्षक, पूर्व खेलाडी तथा खेलाडीहरुको संस्था अनटिएफले इन्डानेसियाको जर्कातामा हुन लागेको १८ औं एसियन खेलकुद प्रतियोगितामा नेपालका लागि स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई क्रमश: जनही ५ लाख, ३ लाख र १ लाख ५० हजार नगद पुरस्कार उपलब्ध गराउने भएको संस्थाका अध्यक्ष सन्तोष प्रधान तथा महासचिव लभ गोर्खालीद्वारा जारी गरिएको विज्ञप्तिमा जनाएका छन् ।

    adsads

    अन्तराष्ट्रिय खेलकुदमा सहभागि खेलाडीहरुको मनोवल बढाउन संस्थाले गरेको नगद पुरस्कार दिने घोषणाले सहयोग पुग्नेछ भन्ने विश्वास रहेको जनाएको छ । साथैं आगामी दिनमा अझ अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई बढी सहयोग गर्न सकौं भन्ने चाहना समेत रहेको उक्त विज्ञप्तिमा जनाइएको छ ।

    साथैं १८ अगस्तदेखि २ सेप्टेम्वर सम्म हुने एसियन खेलकुदमा सहभागी हुने राष्ट्रिय तेक्वान्दो टोलीका खेलाडी तथा प्रशिक्षकहरुलाई अनटिएफले झण्डै २ लाख मुल्य बराबरको ट्रयाकसुट उपलब्ध गराएको छ ।

    हाल दक्षिण कोरियामा रहेको टोलीका खेलाडी तथा प्रशिक्षकहरुलाई त्यहा रहनुभएका संस्थाका नेपाल च्याप्टरका पूर्व अध्यक्ष तथा सल्लाहकार नोर्वु लामाले पूर्व ओलम्पियनद्धय दिपक विष्ट र संगिना वैद्य तथा प्रशिक्षक बद्री घिमिरेको उपस्थितिमा ट्रयाकसुट हस्तान्तरण गरेको जनाइएको छ ।

    युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) ले स्थापना काल देखि नैं नेपालको खेलकुद विकासमा सहयोगी बन्दैं खेलाडीहरुलाई समेत संस्थाले आफ्नो क्षमता अनुसार अनुसार सहयोग गर्दै आएको छ ।

    संस्थाको क्रियाकलापलाई सबैं माझ पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण पत्रकार एवं मिडिया तथा सहयोगी सबैंमा आभार व्यक्त गरेका छन् । नेपाली खेलाडीले आसन्न एसियन प्रतियोगितामा उत्कृष्ट नतिजा आत्मसात गर्न सकुन् भन्दै अनटिएफ सम्पूर्ण खेलाडीमा शुभकामना समेत दिएको छ ।

    नेपाल दक्षिण एशियाली आमन्त्रण तेक्वान्दोः नेपाल च्याम्पियन

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    तेक्वान्दो

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!