फुटबल फुटबल

  • फुटबल
  • फुटबल
  • फुटबल
  • फुटबल
  • फुटबल

एसियाड फुटबल : नेपाल जापानसंग १-० ले पराजित

14 August, 2018 23:08 | खेल | comments | 46800 Views

 

फुटबल
फाइल फोटो

१८ औं एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाली यु–२३ टोली जापानको यु–२१ टोलीसंग १-० ले स्तब्ध हुन पुग्यो ।

खेल सुरु भएको सातौं मिनेटमा नै जापानका लागि मिटोमा काउरुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र एक गोल नै जापानलाई जित दिलाउन पर्याप्त रह्यो । पूरै समय नेपालमाथि हावी देखिएको जापानले जापानले भने नेपालको पोस्टमा निरन्तर आक्रमण गरेको थियो । नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले गोल हुने सम्भावित प्रहारलाई बचाउदै जापानको अग्रता बढाउन दिएनन् । नेपालले बलियो जापानविरुद्धको खेलमा एकपटक मात्र पोस्ट आक्रमण बुनेको थियो ।

  

इन्डोनेसियामा आगामी भदौ २ देखि औपचारिकरुपमा उद्घाटन हुने १८ औँ एशियाली खेलकूदको फुटबलतर्फकको प्रतिस्पर्धा भने अहिले चलिरहेको छ । थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण सकेर इन्डोनेसिया पुगेको नेपाली टोलीले मंगलबार जापानसँग खेल्दै एसियन गेम्सको शुरुवात गरेको हो ।

इन्डोनेसिया जानुअघि नेपाली टोली थाइल्याण्डमा दुई अभ्यास खेल खेलेको थियो । ती दुवै खेलमा नेपाल पराजित भएको थियो । नेपाली टोलीको कप्तानी सिनियर राष्ट्रिय टिमका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङले गरेका थिए । ओलम्पिक नियमअनुसार यु–२३ टोलीमा तीन जना सिनियर खेलाडी राख्न पाउने प्रावधान छ । त्यसैअनुसार एन्फाले किरण चेम्जोङ, रोहित चन्द र विशाल राईलाई टिममा समावेश गरेको छ ।

एसियन गेम्सको समूह ‘डी’ मा रहेको नेपालले अर्को खेल भियतनामसँग यही साउन ३१ मा भियतनाम र भदौ १ गते पाकिस्तानसँग खेल्नेछ । समूह ‘डी’ कै खेलमा भियतनामले पाकिस्तानलाई ३–० ले पराजित गरिसकेको छ ।

किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टोलीमा अभिषेक रिजाल, आदित्य चौधरी, एलेन न्यौपाने, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, बिशाल राई, दिनेश राजवंशी, गौरव बुढाथोकी, हेमन गुरुङ, हेमन्त थापामगर, कमल श्रेष्ठ, रोहित चन्द, सोजित गुरुङ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन् ।

एसियाली खेलकूदमा फुटबल : नेपाल जापानसँग खेल्दै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
फुटबल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More