फुटबलफुटबल

  • फुटबल
  • फुटबल
  • फुटबल
  • फुटबल
  • फुटबल
  • फुटबल

एसियाड फुटबल : भियतनामसंग नेपाल २-० ले पराजित

16 August, 2018 22:52 |खेल | comments | 37200 Views

    फुटबल

    इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ । बिहिबार भएको खेलमा नेपाल भियतनामसंग २-० ले पराजित भयो ।

    adsads

    पूरै समय नेपालमाथि हावी देखिएको भियतनामले खेलको ३१ औं मिनेटमा एन न्युजेमको होलमा अग्रता लिएको थियो । त्यस्तै दोस्रो हाफको ६३ औं मिनेटमा फान भान डकले गोल गरेपछि भियतनामले २-० को अग्रता लियो । त्यसपछि खेलमा कुनै गोल भएन र भियतनाम २-० ले विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । इन्डोनेसियामा आगामी भदौ २ देखि औपचारिकरुपमा उद्घाटन हुने १८ औँ एशियाली खेलकूदको फुटबलतर्फकको प्रतिस्पर्धा भने अहिले चलिरहेको छ । थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण सकेर इन्डोनेसिया पुगेको नेपाली टोलीले मंगलबार जापानसँग खेल्दै एसियन गेम्सको शुरुवात गरेको थियो। उक्त खेलमा नेपाल १-० ले पराजित भएको थियो ।

    इन्डोनेसिया जानुअघि नेपाली टोली थाइल्याण्डमा दुई अभ्यास खेल खेलेको थियो । ती दुवै खेलमा नेपाल पराजित भएको थियो । नेपाली टोलीको कप्तानी सिनियर राष्ट्रिय टिमका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङले गरेका थिए । ओलम्पिक नियमअनुसार यु–२३ टोलीमा तीन जना सिनियर खेलाडी राख्न पाउने प्रावधान छ । त्यसैअनुसार एन्फाले किरण चेम्जोङ, रोहित चन्द र विशाल राईलाई टिममा समावेश गरेको छ ।

    एसियन गेम्सको समूह ‘डी’ मा रहेको नेपालले अर्को खेल भदौ ३ गते पाकिस्तानसँग खेल्नेछ ।र, उक्त खेलमा नेपाल विजयी भए अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना बलियो भएको छ  । अब जापान र भियतनामबीचको विजेता समूह विजेताको रुपमा अघि बढ्नेछ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई हराउन सके नेपालको अघिल्लो चरण पुग्ने सम्भावना रहन्छ । समूहको तेस्रो टोली बन्न सके त्यसपछि अघिल्लो चरणको सम्भावना रहन्छ । ६ समूहबाट ४ वटा उत्कृष्ट तेस्रो टोली अन्तिम १६ मा प्रवेश गर्नेछ ।

    किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टोलीमा अभिषेक रिजाल, आदित्य चौधरी, एलेन न्यौपाने, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, बिशाल राई, दिनेश राजवंशी, गौरव बुढाथोकी, हेमन गुरुङ, हेमन्त थापामगर, कमल श्रेष्ठ, रोहित चन्द, सोजित गुरुङ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन् ।

    एसियाड फुटबल : नेपाल जापानसंग १-० ले पराजित

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    फुटबल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!