एसियाली खेलकूदमा पहिलोपटक पदक दिलाउने लामाको प्रतिमा स्थापना गरिने
एसियाली खेलकूदमा पहिलोपटक नेपाललाई पदक दिलाउने ओलम्पियन एवं तेक्वान्दो खेलाडी विधान लामाको प्रतिमा स्थापना गरिने भएको छ । लामाले सन् १९८४ देखि १९९० सम्म तेक्वान्दो खेल्नुभएको थियो ।
सन् १९८६ मा नेपालका लागि पहिलो पटक १० औँ एशियाली खेलमा नेपाललाई कास्य पदक दिलाउनुभएको थियो । त्यसै गरी सन् १९८७ मा स्पेनमा भएको ८औँ विश्व तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जित्नु भएको लामाले सन् १९८८ को आठौँ एशियन च्याम्पियनसिपमा रजत पदक जित्न सफल हुनुभएको थियो ।


नेपाली खेलकूदमा ऐतिहासिक सफलता प्राप्त गर्ने क्रममा लामाले दक्षिण कोरियाको सोलमा सम्पन्न २४औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा लामाले कास्य पदक जित्नु भएको थियो ।
सोमबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा ओलम्पियन लामाको आगामी ६ महिनाभित्र मूर्ति स्थापना गरिने जानकारी गराइयो । नेपाल तामाङ घेदुङ सङ्घले लामाको मूर्ति निर्माणका लागि समिति बनाएर कार्य योजना छिट्टै तयार गर्ने जनाएको छ ।
समितिका संयोजक डिएन घिसिङ तीन दशक अगाडि नेपालको नाम र इज्जत विश्वभर फैलाउन सफल लामाको प्रतिमा स्थापना गर्न लागिएको बताउनुहुन्छ । लामाको मूर्ति काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित उहाँकै जन्मथलोमा बनाइने छ ।
उहाँले पत्रकार सम्मेलनमा आफ्नो खेल जीवनबारे स्मरण गर्दै लामाले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । आफूलाई साधारण खेलाडीका रुपमा मात्रै लिन आग्रह गर्दै उहाँले पढ्ने बेला भागेर ब्रुस लिको चलचित्र हेर्न जाने गरेको र त्यसैबाट प्रभावित भई तेक्वान्दोतर्फ आकर्षित भएको बताउनुभयो । नेपालमा २०३९ सालपछि मात्रै सर्वसाधारणलाई तेक्वान्दो खेल्न दिइएको लामाको भनाइ थियो । उहाँले आफू पनि त्यसपछि मात्रै तेक्वान्दो खेल्न थालेको बताउनुभयो । नेपालको इतिहासमा जिवित खेलाडीको मूर्ति बन्न लागेको यो पहिलो पटक हो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- घरबाट भागेर लजमा बसेका देवर–भाउजूको मृत्यु
- कोरोनाका कारण यस हप्ता विदेशमा थप नौ नेपालीको निधन, दुई हजार सङ्क्रमित
- चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी
- पोखरामा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणले जगाएको उत्साह
- सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ
- ‘महेन्द्र संस्कृत विश्वविद्यालय’ र ‘नालन्दा’मा लगाइएको आगोको समानता
- बजार पूँजीकरण ३२ खर्ब, शीर्ष दशमा रहेको कम्पनीको यस्तो छ विवरण
- प्रधानमन्त्री ओलीबाट चिकित्सा शिक्षाको शुल्क घटाउन निर्देशन
- के निर्णय गर्ला अब प्रचण्ड–माधव समूहको स्थायी कमिटीले
- ओलम्पिया वल्ड स्कूलका संचालकले तीन करोड ठगेपछि
- सङ्कटका बेला गैरआवासीय नेपालीको भूमिकाको परराष्ट्रमन्त्रीबाट प्रशंसा
- पूर्वजनमुक्ति सेनालाई विगतका सरकारले जस्तो धोका नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
- राष्ट्रपति बाइडेनका चुनौती- तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर
- भारतबाट आएको कोरोनाको खोप सातवटै प्रदेशमा पठाउन सुरु
- मलेशियाबाट एकजनाको अस्तुसहित १८ नेपाली कामदारको शव ल्याइयो
- स्मरणमा गोर्खा–बङ्गाल युद्ध : नेपाली सेनाले सबैभन्दा ठूलो जीत हातपारेको दिन
- निर्वाचन हुने सम्भावना छैन, संसद् पुनःस्थापना पहिलो प्राथमिकता
- कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन
- एपिएफ अस्पतालमा सडक मानवलाई निःशुल्क सम्पूर्ण सेवा : महानिरीक्षक खनाल
- धर्म र पर्यटनलाई जोड्दै तीर्थहरुमै श्रेष्ठ मानिएको देवघाटधाम
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


