एसिया कपमा भारत छनोट

12 October, 2017 14:07 |खेल | comments | 98700 Views

    भारतले ४-१ गोलले मकाउलाई पराजित गर्दै चौथो पटक एएफसी एसिया कप फुटबल प्रतियोगिताका लागि छनोट भएको छ। कप्तान सुनिल क्षेत्रीको कप्तानीमा रहेको भारत अपराजित रहँदै छनोट भयो ।

    adsads
    यद्धपि समुहमा अझै केहि खेल बाँकी छ ।

    एसिया कप २०१९ मा युएईमा आयोजना हुँदैछ। भारतले यो जितसँगै छनोटमा आफ्नो विजयी अभियानलाई जारी राखेको छ। भारतको लगातार चौथो जित थियो। भारतले अब २४ नोभेम्बरमा म्यानमार र अघिल्लो वर्षको २७ मार्चमा किर्गिस्तानसँग खेल्न बाँकी छ। यी दुबै खेल भारतका लागि औपचारिक मात्र बनेका छन्। यसअघि भारत १९६४, १९८४ र २०११ मा एसिया कपका लागि छनोट भएको थियो।

    मकाउसँग जित निकालेको भारतको समूह ए मा १२ अंक रहेको छ। भारतको जितमा राउलिन बोर्जेसले २८ मिनेटमा पहिलो गोल गरेका थिए। कप्तान क्षेत्रीले ६० मिनेटमा दोस्रो गोल गरेका थिए। तेस्रो गोल ७० मिनेटमा आत्मघातीको रुपमा भारतले उपहार पाएको थियो। चौथो गोल ९२ मिनेटमा जेजे लालपेखलुआले गरेका थिए। मकाउका लागि निकोलस टेराओले ३७ मिनेटमा गरेका थिए।

    मलेसिया माथि नेपालको सानदार जित : नेपाल एसिया कपको लागि छनोट

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!