एसिसी यु १९ इलिट कप : बहराइन १९६ रनले पराजित

6 May, 2013 17:15 | खेल | comments | 29400 Views

मलेसियामा भैरहेको एसिसी यु-१९ एलिट कप क्रिकेटमा नेपालले बहराइनलाई १ सय ९६ रनको फराकिलो अन्तरले पराजित भएको छ । खेलमा अविनाश कर्णले ह्याट्रिकसहित ८ विकेट लिएपछि बहराइन नेपाल सामू निरीह बनेको हो ।

 

टस् जितेर ब्याटिङ रोजेको नेपालले बहराइनसामू निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५९ रनको लक्ष्य पेस गरेको थियो । नेपालका लागि कप्तान भुवन कार्कीले ३ छक्का र ८ चौकासहित ६३ बलमा ८३ रन बनाए । विभत्सु थापाले ४४ रन थपे ।

  

 

प्रारम्भिक ब्याट्सम्यान निश्चल पाण्डेले १६ र अमित श्रेष्ठले २२ रन जोडेर ठूलो योगफल बनाउन योगदान गरे । त्यसैगरि हरिशंकरले १०, निर्मल थापा र पवन श्रेष्ठले समान २५/२५ रन बनाएका थिए । नेपालका लागि अभिनाश कर्ण एक्लैले ८ विकेट लिन सफल भएका थिए ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More