एसीसी अण्डर १९ इलाइट कप : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

8 May, 2013 15:26 | खेल | comments | 31050 Views

राष्ट्रिय टोलीले बर्मुडामा सम्पन्न आईसीसी लिग डिभिजन थ्रीको उपाधि जितेर स्वदेश फर्किएकै दिन नेपाली अण्डर १९ टोलीले मलेसियामा जारी एसीसी अण्डर १९ इलाइट कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

नेपाली टोलीले समूह चरणका सबै खेलमा सानदार जीत दर्ता गराउँदै समूह विजेता समेत बनेको छ । नेपालले आज बुधबार घरेलु टीममले मलेसियामाथि ७ विकेटले जित हासिल गरेको हो ।

  

 

टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै नेपालसामु ७० रनको झिनो लक्ष्य पेश गरेको थियो । जवाफमा नेपालले सो लक्ष्य २४ दशमलव ४ ओभरमा ३ विकेटेको क्षतिमै सहजै पूरा गर्‍यो ।   नेपालका लागि अभिनाश कर्णले ६ विकेट, भुवन कार्कीले २ र शुशान्त भारती र यज्ञमान कुमालले समान एक/एक विकटको योगदान दिए ।

 

खेलमा नेपालले मलेसियालाई निकै दबाबमा राख्न सफल भयो ।   मलेसियाले २२ दशमलव ४ ओभरमा सबै विकेटको क्षतिमा ६९ रन जोड्दै अल आउट भएको थियो । मलेसियाले ८ दशमलव ३ ओभरमै ५ विकेट गुमाउन पुगेको थियो भने त्यति बेला मात्र १४ रन मात्र जोडेको थियो ।

 

नेपालले हालसम्मका चार खेलबाट ८ अंक प्राप्त गरिसकेको छ । अब नेपालले सेमीफाइनलमा साउदी अरेविया र युएईबीच बन्ने बिजेतासंग भिड्नेछ । डिफेन्डिङ च्याम्पियन अफगानिस्तानले यसअघि नै चार अंकसहित सेमीफाइनलमा आफ्नो स्थान पक्का गरी सकेको छ ।   नेपाल प्रतियोगिताको विजेता बनेमा अण्डर १९ विश्वकप खेल्ने अवसर प्राप्त गर्नेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

yatayat

फेसबुक

yatayat

ट्वीटर

सामाजिक सञ्जाल

More