एसीसी यु १९ इलाइट कप : नेपाल ८४ रनले विजयी

3 May, 2013 18:04 | खेल | comments | 32400 Views

मलेसियामा शुक्रबारदेखि सुरु भएको एसीसी यु १९ इलाइट कपको पहिलो खेलमा नेपालले कुवेतलाई ८४ रनले पराजित गरेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको नेपालले ४३ ओभरमा सबै विकेट गुमाई १९३ रन बनाएको थियो । १९४ रनको विजयी लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको कुवेत ३६।२ ओभरमा सबै विकेट गुमाएँदै १०९ रनमा समेटियो ।

  

 

व्याटिङ तर्फ नेपालको ओपनिङ व्याट्सम्या निश्चल पाण्डे १० रनमा आउट भए भने अमित श्रेष्ठले नेपालको पारी थाम्दै ४६ रनको योगदान दिए । त्यसै गरी सुशान्त भारीले २८ रनको योगदान दिए भने हरिशंकर शाहले र पवन श्रेष्ठ २३, २३ रनको योगदान दिए। अन्य व्याट्सम्यानहरुले दोहोरो अंक बनाउन सकेनन् नेपालले अतिरिक्तबाट १८ रन प्राप्त गरेको थियो ।

 

बलिङतर्फ नेपालका यगमन कुमालले ३, सुशान्त भारीले २ तथा निश्चल पाण्डे, भुवन कार्की, अविनाश कर्णले एक एक विकेट लिए । कुवेतका दुई व्इाट्सम्यान रनआउट भएका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More