ऐतिहासिक उपाधी जित्ने क्रिकेट खेलाडीलाई जनही पाँचलाख दिने सरकारको निर्णय
हालै संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न तीन एकदिवसीय र तीन टी २० सिरिज जितेर फर्केको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ५ लाख दिने निर्णय गरेको छ।
सोमबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युएईविरुद्धको टि–२० र एक दिवसीय सिरिज जितेर आएका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।


मन्त्री विश्वकर्माले खेलाडीलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे। उनले खेलेर भविष्य सुनिश्चित गर्न सक्ने अवस्थामा क्रिकेट खेलाडीलाई पुर्याउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
५ लाखको ठाउँमा ५० लाख दिन किन सकिदैन भन्ने प्रश्नमा मन्त्री विश्वकर्माले सदासयताको लागि धन्यवाद दिदै अहिलेको अवस्थामा खेलाडीलाई त्यति धेरै रकम दिन नसकिने बताउनुभयो ।
उहाँले खेलाडीलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिवद्ध रहेको भन्दै उनले खेलेर भविष्य सुनिश्चित गर्न सक्ने अवस्थामा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्त्री विश्वकर्माले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० ले छिटै नेपाल क्रिकेट परिषद् (क्यान)माथि लगाएको निलम्बन फुकुवा गर्ने विश्वस व्यक्त गर्दै आइसिसीले दिएको रोडम्याप अनुसार क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको पनि बताउनुभयो ।
साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि आइसिसीले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो ।
निलम्बनपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । आइसिसीको निलम्बनमा पर्नु अघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो । तर, क्यानले भने निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकेको थियो ।
‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३५, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु २५ र सी श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाएका छैनन् ।
नेपालमा बन्दै गएको सकारात्मक वातावरणलाई मनन गर्दै निलम्बन फुकुवा गर्न मन्त्री विश्वकर्माले आइसिसीलाई आग्रह गर्दै मन्त्री विश्वकर्माले आइसिसीले भनेअनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्धा हालेकाले निलम्बन फुकुवा गर्न ढिला भएको बताउँदै सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्दा फिर्ताको निवेदन दिन लगाइसकिएकाले अब प्रक्रियागत ढंगले क्यानमाथिको निलम्बन फुकुवा हुने बताउनुभयो ।
क्रिकेटकै प्रसंगमा मन्त्री विश्वकर्माले मुलपानी क्रिकेट मैदान साँढे दुई वर्षभित्र निर्माण सम्पन्न गरिने दावी गरे । आफू मन्त्री हुँनुअघिको सबै समस्या समाधान गरेर निर्माण प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो ।
नेपाली क्रिकेट टोलीका सदस्यलाई विमानस्थलमा भव्य स्वागत(भिडियो सहित)
तपाईंको प्रतिकृया
ताजा समाचार
- घरबाट भागेर लजमा बसेका देवर–भाउजूको मृत्यु
- कोरोनाका कारण यस हप्ता विदेशमा थप नौ नेपालीको निधन, दुई हजार सङ्क्रमित
- चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी
- पोखरामा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणले जगाएको उत्साह
- सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ
- ‘महेन्द्र संस्कृत विश्वविद्यालय’ र ‘नालन्दा’मा लगाइएको आगोको समानता
- बजार पूँजीकरण ३२ खर्ब, शीर्ष दशमा रहेको कम्पनीको यस्तो छ विवरण
- प्रधानमन्त्री ओलीबाट चिकित्सा शिक्षाको शुल्क घटाउन निर्देशन
- के निर्णय गर्ला अब प्रचण्ड–माधव समूहको स्थायी कमिटीले
- ओलम्पिया वल्ड स्कूलका संचालकले तीन करोड ठगेपछि
- सङ्कटका बेला गैरआवासीय नेपालीको भूमिकाको परराष्ट्रमन्त्रीबाट प्रशंसा
- पूर्वजनमुक्ति सेनालाई विगतका सरकारले जस्तो धोका नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
- राष्ट्रपति बाइडेनका चुनौती- तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर
- भारतबाट आएको कोरोनाको खोप सातवटै प्रदेशमा पठाउन सुरु
- मलेशियाबाट एकजनाको अस्तुसहित १८ नेपाली कामदारको शव ल्याइयो
- स्मरणमा गोर्खा–बङ्गाल युद्ध : नेपाली सेनाले सबैभन्दा ठूलो जीत हातपारेको दिन
- निर्वाचन हुने सम्भावना छैन, संसद् पुनःस्थापना पहिलो प्राथमिकता
- कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन
- एपिएफ अस्पतालमा सडक मानवलाई निःशुल्क सम्पूर्ण सेवा : महानिरीक्षक खनाल
- धर्म र पर्यटनलाई जोड्दै तीर्थहरुमै श्रेष्ठ मानिएको देवघाटधाम
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


