ऐतिहासिक विजय हाँसिल गर्ने क्रिकेट टोलीलाई नगर परिक्रमा

8 May, 2013 13:45 | खेल | comments | 40350 Views

सन् २०१५ मा हुने विश्वकप क्रिकेट प्रतियोगिताको लागि छनोट खेल्न पाउने भएको नेपाली क्रिकेट टोलीलाई बुधबार नगर परिक्रमा गराइने छ । नेपाली क्रिकेट टोलीले बर्मुडामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन ३ जितेर विश्व कप छनोटको ढोका खोलेको हो ।

विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधिसहित नेपाली क्रिकेट टोली

नेपाल क्रिकेट संघका सदस्य किरण राणाका अनुसार नेपाली टोलीलाई एयरपोर्ट गौशाला, रातो पुल, मैतिदेवी, डिल्लीबजार, पुतलीसडक, पद्मकन्या मोड, भृकुटीमण्डप, सहिद गेट, त्रिपुरेश्वर हुँदै राष्ट्रिय खेलकुद परिषद् पुर्‍याइने छ । एयरपोर्टमा नेपाली टोलीलाई पञ्चकन्याद्वारा स्वागत गराई धिमे बाजाका साथ नगर परिक्रमा गराइनेछ ।

 

  

त्यसै गरी खेलकुद परिषद् हातामा खेलकुद मन्त्री रामकुमार श्रेष्ठ र सदस्यसचिव युवराज लामाले कार्यक्रममा पुरस्कारको घोषणा गर्ने कार्यक्रम छ । मन्त्री श्रेष्ठको अध्यक्षतामा बसेको राखेपको ९७ औं बोर्ड बैठकले नेपाली टोलीका प्रत्येक खेलाडीलाई जनही नगद ३ लाख ५० हजार दिन सरकारलाई सिफारिस गरेको थियो ।

 

चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलाराज रेग्मीले समेत खेलाडीलाई बुधबार नै भेट्ने कार्यक्रम छ । त्यस्तै एकीकृत माओवादीले दिउँसो ४ बजे नेपाली टोलीलाई पेरिसडाँडामा सम्मान गर्ने भएको छ ।

 

प्राप्त समाचार अनुसार माओवादीले नेपाली टोलीका प्रत्येक खेलाडीलाई नगद २० हजार दिने तयारी गरेको छ । त्यस्तै नेपाल क्रिकेट संघले पनि जनही १ लाख दिने भएको बताइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

yatayat

फेसबुक

yatayat

ट्वीटर

सामाजिक सञ्जाल

More