ऐश्वर्या रायको कारण फ़ाइदा पुग्यो यी नायिकालाई

29 June, 2016 16:17 |कला/मनोरन्जन , वलिउड | comments | 689550 Views

    बलिउड अभिनेत्री तथा मिस वल्र्ड ऐश्वर्या रायले काम गरेका दर्जनौँ फिल्महरु सुपरहिट भएका छन् । तर धेरै कमलाई थाहा होला उनले आफ्नो हातमा आएका दर्जनौ सुपरहिट फिल्महरु छाडेकी थिईन् ।

    adsads
    करण जोहरको फिल्म कुछकुछ होता है , कभि खुसी कभि गम , जस्ता फिल्महरु पहिले उनलाई अफर भएका थिए । तर उयनले यी फिल्महरुमा काम गरिनन् । ऐश्वर्याले एक पत्रिकालाई दिएको अन्र्तवार्तामा बताएकी करणको फिल्म कुछ कुछ होता है छाड्नुको कारण बताएकी छिन् ।

    aishrya

    उनका अनुसार कुछ कुछ होता है अफर भएको समयमा उनी अमेरिकामा फिल्म आ अब लौ चलेँको सुटिङमा ४० दिनको शेड्युलमा ब्यस्त थिईन् । यो फिल्म ऐश्वर्याका मन पर्ने अभिनेता ऋषी कपूरको निर्देशनमा बन्न लागेको पहिलो फिल्म थियो । ऐश्वर्या ऋषीकी फ्यान थिईन् । यहि कारण उनले ऋषीसँगको सहकार्यलाई छोड्न सकीनन् । त्यस्तै करणले उनलाई कभि खुसी कभि गमको स्टोरी र पात्रका बारेमा पनि बताएका थिए ।

    तर केहि कारण उनीहरुले एक साथ काम गर्न सकेनन् । आज पनि करण प्राय आफ्ना फिल्मका कहानीहरु ऐशलाई सुनाउने गर्छन् । करण र ऐश्वर्या एकै परिवाका सदस्य जस्तै छन् । यस्तै ऐश्वर्यालदाई अन्य सुपरहिट सफिल्महरु पनि आफर भएका थिए । तर समय अभावको कारण हो या अन्य कुनै कारण उनले उनले ति फिल्महरुमा काम गरिनन् ।

    बलिउडको ब्लकबस्टर फिल्म बाजीराव मस्तानीमा मस्तानीको रोलका लागि संजय लिला भंसालीको लिला भंसालीको पहिलो रोजाई थिईन् ऐश्वर्या । तर केहि कारणकाले गर्दा ऐश्वर्याले यो फिल्ममा काम गर्न पाईनन् । पछि यो रोलमा दिपिकाले काम गरिन् । र मस्तानीको नामबाट चर्चित भईन् ।

    सन् १९९६ मा आएको फिल्म राजा हिन्दुस्तानी पनि पहिले ऐश्वर्यालाई अफर भएको थियो । ऐश्वर्याले यो फिल्मलाई मिस वल्र्डमा भाग लिनु परेको र समय नभएका कारण छाडेकी थिईन् । पछि उनको ठाउँ करिश्मा कपूरले लिईन् ।

    बिपूल शाहको सुपरहिट फिल्म नमस्ते लण्डन २००७ पनि पहिले ऐश्वर्यालाई नै अफर भएको थियो । तर उनले फिल्ममा काम गर्न नमाने पछि फिल्म कटरीनाले पाईन् ।
    सा् २००४ को फिल्म वीर जारा मा हयात खानको रोलका लागि पहिलो राजाई ऐश्वर्या नै थिईन् । तर उनले यो फिल्म पनि छाडीन् । उनलाई प्रस्ताव भएको भूमिकामा पछि प्रिती जिन्टाले काम गरिन्

    मुन्ना भाई एम बि बि एसको चर्चा आज पनि सुनिन्छ । फिल्ममा ग्रेसी सिंहको भूमिका पहिले ऐश्वर्यालाई मिलेको थियो । तर ऐशले यो फिल्म पनि छाडीन् । फिल्म ब्लकबास्टर साबीत भएको थियो ।

    फिल्म अशोका पनि पहिले ऐशलाई नै मिलेको थियो । तर पछि उनले छाडेको यो फिल्मले करिना कपूरको करियरलाई फाईदा पुर्यायो । फिल्म सन् २००१ म रिलिज भएको थियो ।

    सन् २००७ को फिल्म भूल भूलैयामा बिद्या बालनले निभाएको रोल पहिले ऐश्वर्यालाई मिलेको थियो । तर उनले यो फिल्ममा पनि काम गनिन् ।

    दोस्ताना २००८ को फिल्म हो । फिल्ममा प्रियंकाले निभाएको रोलका लागि पहिले ऐश्वर्यालाई प्रस्ताव राखीएको थियो । तर पछि उनले यो फिल्म पनि छाडीन् ।

    सन् २००५ को फिल्म वक्त – द रेस अगेन्स्ट टाईममा प्रियंकाको रोल पहिले ऐश्वर्यालाई अफर भएको थियो ।

    अजिज मिर्जाको निर्देशनमा बनेको फिल्म चल्ते चल्ते पहिले ऐश्वर्याकै हातमा आएको थियो । तर ऐश्वर्याले चासो नदेखाएका कारण फिल्म रानी मुखर्जीले पाईन् । फिल्म सन् २००३ मा रिलिज भएको हो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!