ओएनएफ टोयोटाद्धारा विश्व मजदुर दिवस मनार्इयाे (फाेटाे फिचर)

7 May, 2016 14:17 |जापान | comments | 182100 Views

    टोयोटा क्षेत्रीय कमिटिको नयाँ अध्यक्षमा श्रीराम शर्मा

    नेकपा एमाले प्रवासी संगठन प्रवासी नेपाली मन्च ओएनएफ टोयोटा कमिटि जापानले विश्व मजदुर दिवस २०१६ एक भब्य समारोहका वीच मनाएको छ ।

    विश्व भरिका मजदुरहरुको आन्दोलन तथा विजयमा एक्यबध्द्ता जनाउन ओएनएफ टोयोटा कमिटि जापानको आयोजना गरेको कार्यक्रमको उदघाटन एमाले केन्द्रिय सचिव तथा संगठन विभाग प्रमुख, पूर्व पर्यटन मन्त्री पृथ्वी सुब्बा गुरुङ र वैकल्पिक केन्द्रिय सदस्य तथा पुर्बी दक्षिण एसिया इन्चार्ज राजन राईले संयुक्त रुपमा दिप प्रज्वलन गरी गर्नु भएको थियो ।

    adsads

    सहिदको सम्मानमा मौन धारण गर्दै सुरु भएको कार्यक्रममा स्वागत मन्तब्य आयोजक कमिटिका जयराम पौडेलले गर्नु भएको थियो ।
    १२७ औ श्रमिक दिवशको अवसरमा आयोजित “नेपालमा शान्ती र समृद्धीका निम्ती चुनौति र सम्भवाना” विषयक अन्तर्कृया कार्यक्रममा एआरएनए जापानका सल्लाह्कार केशर गिरी एनआरएनए जापानका सल्लाहकार डिलाराम खरेल्, प्रवासी नेपाली मन्च सचिबालय सदस्य महेन्द्र श्रेष्ठ, द्वितिय उपाध्यक्ष मोहन रायमाझि, प्रवासी मन्च जापानका सल्लाहकार तथा गुल्मेली समाजका अध्यक्ष शालिकराम भण्डारी, सगरमाथा महिला समुहकी अध्यक्ष राधा थापा, एनआरएनए जापानका सचिव बुद्धीराज घिमिरे, प्रवासी नेपाली मन्च राष्ट्रिय कमिटीका महासचिव कुलचन्द्र खरेल्, प्रवासी नेपाली मन्च जापान राष्ट्रिय कमिटीका अध्यक्ष कृष्ण खड्का लगायतका बक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

    अन्तर्कृया कार्यक्रममा उपस्थित महानुभावहरु केशव राई, डिलाराम खरेल्, रेशम तामाङ्, प्रेमा तामाङ्, सचिन के‍सी, अभिषेक मगर, महेन्द्र भण्डारीले प्रमुख अतिथीलाई नेपालको समसामायिक राजनितिक, विकास र समृद्धीका बारेमा विभिन्न प्रकारका प्रश्न राख्नु भएको थियो।

    टोयोटा क्षेत्रीय कमिटिको नयाँ अध्यक्षमा श्रीराम शर्मा

    अन्तर्कृयासंगै दोश्रो चरणको कार्यक्रममा टोयोटा क्षेत्रीय कमिटिको अधिबेशनले श्रीराम शर्माको अध्य्क्षतामा १३ सदस्यीय नयाँ टोयोटा समिति गठ्न पनि भएको थियो ।

    उपाध्यक्ष्यमा राजन सुबेदी, सचिबमा प्रदिप सुबेदी, कोषाद्यक्ष्यमा सिर्जना भण्डारी (थापा), सदस्यहरुमा चित्र पुन्, पंच पुन्, दिपक पराजुली, दिलिप पहिम्, सचिन के।सी, यम गुरुङ्, मनिष राई, बिजय खनाल, निरन्जन श्रेष्ठ मनोनित भएका छन । त्यस्तैगरी सल्लाहकारमा सुभास केसी, बलराम भुषाल्, गंगा अर्याल्, जयराम पौडेल्, राजेन्द्र थापा, महेन्द्र भण्डारीलाई चयन गरिएको थियो ।

    त्यस्तै गरी प्रवासी नेपाली मन्च टोयोटामा नयाँ प्रवेश  गर्ने विश्व लिम्बु, हिरा थापा र वसन्ति पौडेललाई प्रमुख अतिथीले सपथ ग्रहण गराउनु भएको थियो । टोयोटा आयोजक कमिटिका अध्यक्ष्य बलराम भुसालको सभापतित्वमा भएको कार्यक्रम संचालन कमिटिका सचिब तथा प्रवासी नेपाली मन्चका राजेन्द्र थापाले गर्नु भएको थियो ।

    ONF TOYOTA Nepali TOYOTA NEPLI!! TOYOTA ONF toyota

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!