ओखलढुंगामा घटे मतदाता

4 April, 2017 15:06 |जन सरोकार | comments | 12000 Views

    nb

    आगामी ३१ वैशाखका लागि तय भएको स्थानीयतहको निर्वाचनका लागि ओखलढुंगाबाट साढे ९१ हजार जनाले मतदान गर्न पाउने भएका छन् ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार स्थानीय चुनावमा ९१ हजार ५ सय ७ जनाले मतदान गर्न पाउने भएका हुन ।

    adsads
    यो संख्यामध्ये महिला तथा पुरुषको संख्या भने एकिन भइनसकेको जिल्ला निर्वाचन अधिकृत अर्जुन राईले जानकारी दिए ।
    ओखलढुंगामा यसअघिको निर्वाचनमा ९४ हजार मतदाता रहेकोे भए पनि आसन्न स्थानीय निकायको निर्वाचनमा तीन हजार मतदाता घटेका हुन् । निर्वाचनका लागि जिल्लामा ७८ स्थान निर्धारण गरिएको छ ।

    जिल्लामा १ सय ३३ वटा केन्द्र रहने निर्वाचन अधिकृत राईले बताए। एक हजार भन्दा बढी मतदाता रहेको केन्द्रमा क र ख गरी दुई स्थानमा मतदान गरिनेछ । यसअघि २०७० सालमा सम्पन्न संविधानसभाको निर्वाचनमा ७८ स्थान निर्धारण गरी १ सय ३३ वटा केन्द्रबाट मतदान गरिएको थियो ।

    निर्वाचनको कडा प्रतिवाद गर्ने विप्लव माओवादीको चेतावनी

     

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!