ओबामाले दिए रुसी कुटनीतिज्ञलाई देश निकाला गर्न आदेश

30 December, 2016 14:05 |विश्व समाचार | comments | 13350 Views

    timthumb-1
    ३५ जना रुसी कूटनीतिज्ञलाई देश निष्कासन गर्न अमेरिकी राष्ट्रपति बाराक ओबामाले आदेश दिएका छन् ।

    रुसले कम्युटरमा अनधिकृत प्रवेश अर्थात् ह्याकिङ्मार्फत अमेरिकी राष्ट्रपतीय चुनाव प्रभावित पारेको भन्ने आरोपसँग जोडिएको कुरा आएपछि ओबामाले ती कुटनीतिज्ञलाई देश निकाला गर्न आदेश दिएका हुन् ।

    adsads

    रुसी कूटनीतिज्ञहरुलाई अमेरिका छाड्न ७२ घण्टाको समय दिइएको छ । निष्कासनमा परेका रुसी कूटनीतिज्ञहरु वासिङ्टन डीसीस्थित दूतावास र सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावासका कमर्चारीहरु छन् ।

    गुप्तचरी सूचना संकलनका लागि रुसले अमेरिकामा प्रयोग गर्दै आएको दुई वटा कम्पाउण्ड पनि बन्द गर्ने निर्णय ओबामाले गरेका छन् । राष्ट्रपति ओबामाले डेमोक्रयाटिक पार्टीका इमेलहरुको ह्याकिङ दुर्भावनापूर्ण रहेको बताए । र, त्यो उच्च रुसी सरकारी तहबाटमात्रै निर्देशित हुन सक्ने उनको भनाइ छ । उनले मस्कोका कदमबाट सबै अमेरिकी चिन्तित हुनुपर्ने बताएको बिबिसीले जनाएको छ ।

    रुसले अमेरिकी अधिकारीहरुलाई सताइरहेको भन्दै ओबामाले थप कडा कदमहरु चाल्न सक्ने चेतावनी दिएका छन् ।

    यता मस्कोले अमेरिकाका यी आरोपको खण्डन गरेको छ । रुसले पछिल्लो अमेरिकी कदमको कडा जवाफ दिने बताएको छ ।

    राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले भने ह्याकिङका दावीहरुलाई निरन्तर रुपमा कम महत्व दिदैं आएका छन् । तर अहिले उनले त्यसबारे अमेरिकी गुप्तचर अधिकारीहरुसँग छलफल गर्ने बताएका छन् ।

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!