ओभरटाइममा सीमितता ल्याउँदै जापान सरकार

22 January, 2017 20:48 |जापान | comments | 88050 Views

    japan-overtime-work

    जापानमा पछिल्लो समय ओभर टाइम कामका कारण आत्महत्या गर्नेहरुको संख्या बढ्न थालेपछि जापान सरकारले ओभार टाइम काम गर्ने कर्मचारीहरुको समयलाई सिमीत गर्न एक योजनाकाे घोषण गरेको छ ।

    यो योजनाबाट सरकारले कामको बोझबाट उत्पन्न मानसिक तनाबबाट आत्महत्या गर्नेहरुको संख्या कमी ल्याउने उद्देश्य राखेको छ ।

    adsads
    जापान सरकारको एक सर्वेक्षणका अनुसार त्यहाँका कुल कर्मचारीमध्ये पाँच प्रतिशतमा अधिक कामको बोझले मृत्युको खतरा रहेको देखिएको छ । अधिक कामको कारणले हुने मृत्युलाई जापानमा कारोशी भनिन्छ ।

    जापानीहरु एक महिनामा अतिरिक्त ८० घण्टाभन्दा बढी समय काम गर्ने गरेको पाइएको छ । यो हिसाबले उनीहरु दिनमा साँढे दुई घण्टाभन्दा बढी समय काम गरेको देखिन्छ । यसले गर्दा प्रतिष्ठित व्यक्तिहरुको पारिवारिक सम्बन्धमा कोरोशीको घटना देखिएपछि सरकारले यसमा कमी ल्याउन खोजेको हो ।

    जस्तो कि, विज्ञापन एजेन्सिमा काम गर्ने एक महिला कर्मचारी, जो एक महिनामा १०० घण्टा अतिरिक्त काम गर्ने गर्थिन, कामको तनाबले गर्दा उनले आत्महत्या गरेकी थिइन ।

    यस्ता अनगिन्ती घटनापछि प्रधानमन्त्री शिन्जो आबेको सरकारले अनियन्त्रित ओभरटाइम कामलाई नियन्त्रण गर्नेका लागि एक “प्रिमियम फ्राइडे” नामक एक सरकारी योजना फ्रेबुओरीमा ल्याउन लागेको छ ।

    यस अभियानबाट सरकार श्रमिकहरुलाई हरेक महिनाको अन्तिम शुक्रबार कार्यलय छिटो छाडने अनुमति दिने छ । यसको नेतृत्व जापान विजनेस फ्रेडशनले गरेको छ । तर, आलोचकहरुले भने यो योजना एक राम्रो वर्क लाइफमा सन्तुलन गर्नेका लागि प्रयाप्त नभएको टिप्पणी गर्दै आएका छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!