ओमलाई समर्थन गर्दै केपीले गरे उम्मेदवारी फिर्ता

17 October, 2019 14:09 |एन आर एन न्युज | comments | 7200 Views

    गैरआवासीय नेपाली संघ (एनआरएनए)को काठमाडौंमा जारी अधिवेशन अन्तर्गत आगामी नेतृत्वका लागि हिजो बुधबार हुनुपर्ने निर्वाचन स्थगित भएपछि उम्मेदवारहरुबीच सहमति हुन थालेको छ ।

    यसै क्रममा बिहिबार विहान एनआरएनए एसिया प्यासिफिक संयोजकमा जापानका अजिव गुरुङ “ओम” लाई समर्थन गर्दै कोरियाका अर्का उम्मेदवार केपी सिटौला (कृष्ण सिटौलां) आपनो उम्मेदवारी फिर्ता लिएका छन् ।

    adsads

    बुधबार वेलुका गुरुङ र सिटौला विच हिजो सहमति भएपछि सरल र सहयोगी मानिएका अजिव गुरुङको जित सुनिश्चित देखिएको छ । त्यसगरी ओमलाई हङकङ, कोरिया, चीन र मकाउका प्रतिनिधिहरुले पनि सामूहिक रुपमा सहयोग गर्ने धोषण गरेका छन ।

    एनआरएनए निर्वाचनन कार्यतालिका अनुसार बुधबार साँझ विद्युतीय मतदान हुने र राति १० बजेभित्र घोषणा गरिसकिने भए पनि प्राविधिक कारणले बुधबार मतदान रोकिएपछि बिहिबार गरिने बताइएको छ ।

    एनआरएनएको मतदान स्थगित- मतदातालाई झुक्याएको भन्दै चर्को नारावाजी (भिडियोसहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!