ओमन सरकारको स्विकृतिमा आधिकारीक रुपमा एनआरएनए ओमन दर्ता

22 April, 2017 16:26 |एन आर एन न्युज | comments | 126900 Views

    omanगैरआवासीय नेपाली संघ ओमान अन्तत: ओमान सरकारमा एनआरएनए सोसियल क्लबका नाममा आधिकारीक रुपमा दर्ता भएको छ ।

    नेपाली दूतावास ओमानको सहयोग र एनआरएनए ओमानको संयुक्त प्रयासमा लामो समयपछि ओमान सरकारमा आधिकारीक रुपमा दर्ता हुन सफल भएको हो ।

    adsads

    खाडीका सबै देशमा एनआरएनए गठन भए पनि सम्बन्धीत देशको सरकारले स्विकृति दिएको संस्था एनआरएनए ओमान पहिलो रहेको बताइएको छ । ‘नेपालीका लागि नेपाली भन्ने मुल नाराका साथ’ सन् २००९ मा ओमानमा स्थापना भएको एनआरएनए ओमानले ओमानमा रहेका नेपालीका समस्याहरुमा साथ दिदैँ आएको छ ।

    साथै यसले विभिन्न समयमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने, खेलकुद आयोजना गर्नुका साथै पर्यटन प्रवद्र्धन तथा प्रचार–प्रसासमा लाग्ने काम गर्दै ओमानी नागरिकहरुबीच नेपाल देशलाई चिनाउने काम पनि गर्दै आएको छ ।

    ओमानमा पनि बिभिन्न समय समयमा रक्तदान जस्तै सामाजिक कार्यहरु गरी एन आर एन ए लाई चिनाउदै अै रहेको संस्था अब दर्ता भएको छ जुन ओमानवसी नेपाली हरुको लागि खुशीको कुरा हो । ओमानमा एनआरएनए गठन हुनुभन्दा पहिले नेपालीहरुको समस्या समाधान हुँदै नभएको होइन्, त्यतिबेला पनि नेपाली समाज लगायत अन्य संघ संस्थाहरुले आ–आफ्नो बलबुताले भ्याएसम्म सहयोग गरेका थिए ।

    तर, एनआरएनए गठनपछि अझ सहज भएको एनआरएनए ओमानका पूर्व अध्यक्ष तथा हालका गल्फ संयोजक डिबी क्षेत्रीको भनाइ छ । ‘अब ओमान सरकारको आधिकारीक निकायमा संस्था दर्ता भइसकेको छ, ओमानमा रहेका नेपालीका समस्यालाई कानुनी रुपमा अगाडि बढाउन सजिलो हुने भएको छ ।’ क्षेत्रीले अगाडि भने ।

    क्लब दर्ताका क्रममा सकारात्मक भुमिका खेल्नुहुने ओमानबासी सबै नेपालीलाई धन्यवाद दिदैँ आगामी दिनहरुमा एनआरएनए अझ सक्रिय भएर नेपाल र नेपालीको सेवामा लाग्ने संघका अध्यक्ष दिपक श्रेष्ठले बताए । श्रेष्ठ संस्था दर्ता गरन २०१२ देखी अग्रसर भएर लागेका थिए ।

    अन्तत आफ्नै कार्यकालमा आएर दर्ता हुन सफल भएकोमा अझै आनन्द महसुश भएको बताउनु भयो । यस कारयका लागि सम्योजक रहनु भएका भरत अधिकारी ज्यु भन्नु हुन्छ कि खाडी राष्ट्रमा रहेका प्रवासी कामदारहरुले खोलेको सामाजिक संघसंस्था बैद्यानिक रुपमा दर्ता नभएको र कानुनीरुपमा विभिन्न काममा खुलेर लाग्न नसकिरहेका बेला ओमानमा एनआरएनए दर्ता हुनु सबै नेपालीका लागि खुसीको कुरा हो तर त्यहाँको कानुनलाई आत्मसात गर्दै अगाडि बढ्नु एनआरएनए ओमानको दायित्व पनि हो ।

    ‘एनआरएनए सोसियल क्लब’ का रुपमा दर्ता भएको एनआरएनए ओमानलाई आधिकारीक रुपमा दर्ता गर्न २०१२ देखि संघका पदाधिकारीहरु लागेका थिए र त्यसको ५ बर्षा पछी बल्ल आएर दर्ता सफल भएको हो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!