ओम अस्पतालको लापरवाही- पत्थरीको अपरेशन गर्दा आन्द्रा काटिएपछि रामप्यारीको मृत्यु

13 June, 2019 19:11 | जन सरोकार | comments | 17250 Views

काठमाडौंको प्रतिष्ठित अस्पतालमा पर्ने चावहिलस्थित ओम अस्पतालको लापरवाहीका कारण एक ५० वर्षीया महिलाको ज्यान गएको छ । पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि सिन्धुपाल्चोककी रामप्यारी थापाको मृत्यु भएको हो ।

adsads

अस्तालको लापरबाही भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गर्दै यसबारे उचित छानबिन हुनुपर्ने, डाक्टरले माफी माग्नुपर्ने र उचित क्षेतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

रामप्यारीको गत शुक्रशार पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो । अस्पतालले बिहीबार मृतक घोषणा गरेको छ । ५० वर्षीया रामप्यारी गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेकी थिइन् ।

ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । बिरामीका आफन्त खड्ग श्रेष्ठले निको हुँदैछ भनेर डक्टर भन्नुभएको थियो । तर आज विहान सात बजे मृत्यु भयो भन्नुभयो । अस्पतालको चरम लापरवाहीले राम्रै मानिसको पनि यो हालत भएको बताउनुभयो ।

गत शुक्रबार डा. रविन कोइरालाको नेतृत्वमा रामप्यारीको अपरेशन भएको थियो । तर, शनिबार विहानैदेखि अचानक रामप्यारीलाई श्वासप्रश्वासमा समस्या देखियो । रक्तचाप ह्वात्तै घट्यो, कम्प्रेसर बढ्ने लगायतका समस्या हुन थाल्यो । शनिबार नै अस्पतालले सम्पूर्ण जाँच गर्‍यो र, रामप्यारीलाई आईसीयूमा राख्यो ।

अस्पतालले आइतबार मात्र रामप्यारीको आन्द्रामा प्वाल परेको पत्ता लगायो । त्यही दिन अर्को अपरेशन गरियो । अपरेशनका क्रममा मलद्वारतर्फ जाने डेढ मिटर आन्द्रा काटेर फ्याकिएको डा. कोइरालाले विरामीको आफन्तलाई जानकारी दिए । अप्रेशनपछि रामप्यारीलाई भेन्टिलेशनमा राखियो । दिनमा ६० हजार रुपैयाँसम्म औषधी प्रयोग गरियो र उपचारको क्रममा चार लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको थियो ।

नोबेल अस्पतालको लापरवाहीले डाक्टरकै मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!