ओम गुरुङको समिति भंग- राजन प्रधानाङ्गको संयोजकत्वमा नयाँ निर्वाचन समिति गठन
एनआरएनए जापानको नवौँ अधिवेशन निर्वाचन समिति पुन:गठन
गैरआवसीय नेपाली संघ एनआरएनए जापानको नवौँ अधिवेशन निर्वाचन समिति पुन:गठन गरिएको छ । नवगठित निर्वाचन समिति संयोजकमा एनआरएनए जापानका संस्थापक अध्यक्ष संयोजकमा राजन प्रधानाङ्ग चयन हुनु भएको छ ।
एनआरएनए जापान राष्ट्रिय समन्वय परिषदको नवौं अधिवेशनका लागि यस अघि पूर्वअध्यक्ष तथा आईसीसी सदस्य ओम गुरुङ संयोजक रहेको समिति भंग गरी नयाँ समिति तयार गरिएको हो ।
पूर्वघोषित तीन सदस्यीय निर्वाचन समितिको सुझावका अनुसार आईसीसी सदस्यहरू र एनआरएनए जापान कार्यसमिति पदाधिकारीहरूको संयुक्त बैठकले निर्वाचन समितिको सुझावलाई अनुमोदन गर्दै निर्वाचन समितिलाई पुनर्गठन गरी समितिलाई पुर्णता दिएको संस्थाका महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।
नवगठित निर्वाचन समितिमा संस्थापक अध्यक्ष प्रधानाङ्ग संयोजक रहने गरि एनआरएनए जापानका पूर्व अध्यक्षहरु ओम गुरुङ, रोशन केसी, पारसमणी पोखरेल, सुदन थापा सहित सामाजिक ब्यक्तित्वहरू शालीकराम भण्डारी, बिजय थकाली, सरद गौचन र बेलुकाजी थापा सहित १० जनाको समिति गठन गरेको छ।
निर्वाचनलाई प्रभावकारी र निष्पक्ष गराउनको लागि सल्लाहकारमा आईसीसी अध्यक्ष भवन भट्ट र एसिया प्यासिफिक संयोजक किरणबिक्रम थापा सहित कानुनी सल्लाहकारमा डा बलराम श्रेष्ठ र प्राविधिक सल्लाहकारमा डा वेद काफ्लेलाई चयन गरेको हो । निर्वाचन समितिले आफ़्नो कार्यभारको ज़िम्मेवार बहन गर्दै छिट्टैनै निर्वाचन तालिका, विधि र प्रक्रिया सार्वजानिक गर्दै ईभोटिंङ (अनलाईन भोटिंङ) गर्ने तयारी गरी रहेको कुरा समिति सदस्य सचिब बेलुकाजी थापाले जानकारी दिनुभएको छ ।
साथै निर्वाचन समितिलाई परिषदको बिधान २००४ को संशोधित सहितको विधान २०१९ अनुसार कार्यसम्पादन गर्न गराउन एनसीसी जापानले अनुरोध समेत गरेको छ । अधिवेसन सेप्टेम्वर ६ तारिक हुने र निर्वाचन ८ तारिक हुने बताईएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- फुटबलमा नेपाललाई स्वर्ण : भुटान २-१ ले पराजित
- २८ वर्षमा प्रतिव्यक्ति कूल राष्ट्रिय आयमा १३० प्रतिशतको वृद्धि
- साग फुटबल फाइनल : दोस्रो हाफलमा नेपाललाई एक गोलको अग्रता
- गैरआवासीय नेपाली संघ (एनआरएनए) तुरुन्त बन्द होस् !
- साग फुटबल फाइनल : नेपालमाथि गोल गर्यो भुटानले
- बौद्धमा युवतीले काटिदिइन् युवाको लिङ्ग
- बक्सिङका सनिल साहीले दिलाए नेपाललाई ५० औं स्वर्ण
- अन्तिम समयसम्म सेवामा सक्रिय थिए डा. नाकामुरा अफगानिस्तानमा
- काठमाडौँमा मागेर गुजारा चलाउने काम तीनदिनभित्र बन्द गर्न चेतावनी
- विद्या भरतपोखरी पुग्दा सर्वसाधारण भावुक- भने ‘जुनीजुनीलाई साथ छ’
- रंगशालामा दर्शकमाथि लट्ठीको बर्सा- प्रहरीको कुटाइबाट पत्रकार घाइते
- ‘अमेरिकासँग कैदी आदानप्रदान गर्न इरान तयार’
- मानव अधिकार उल्लंघन हुन नदिन सरकार सक्रिय : प्रधानमन्त्री
- स्वर्ण जित्ने लक्ष्य पूरा नभएपछि पदमा बसिरहन मन लागेन : खड्का
- राष्ट्रियसभामा कांग्रेस ६ सिटमा खुम्चिँदै
- जापान लैजाने कामदार छनोटबारे सरकार गुमराहमा, सीप परीक्षाको नतिजा गोप्य
- काठमाडौँमा आज बिजोर नम्बरका सवारी सञ्चालनमा रोक
- ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा
- पाटा नेपाल र चिनियाँ पर्यटन संस्था कोट्रीबीच सम्झौता
- साग बक्सिङमा पहिलो स्वर्णको कीर्तिमान मिनुको नाममा
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


