ओलम्पिकमा ‘कृत्रिम हिउँ वर्षा’ओलम्पिकमा ‘कृत्रिम हिउँ वर्षा’

  • ओलम्पिकमा ‘कृत्रिम हिउँ वर्षा’
  • ओलम्पिकमा ‘कृत्रिम हिउँ वर्षा’
  • ओलम्पिकमा ‘कृत्रिम हिउँ वर्षा’
  • ओलम्पिकमा ‘कृत्रिम हिउँ वर्षा’
  • ओलम्पिकमा ‘कृत्रिम हिउँ वर्षा’
  • ओलम्पिकमा ‘कृत्रिम हिउँ वर्षा’

ओलम्पिकमा ‘कृत्रिम हिउँ वर्षा’

14 September, 2019 12:25 |खेल , जापान | comments | 5400 Views

    ओलम्पिकमा ‘कृत्रिम हिउँ वर्षा’

    विश्व खेलकुदको महाकुम्भ हो ‘ओलम्पिक खेलकुद’। गृष्मकालीन ओलम्पिक खेलकुदको ३२औं संस्करण जापानको राजधानी टोकियोमा आयोजना हुँदैछ।

    adsads

    उक्त खेलकुद सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म सञ्चालन हुनेछ। तर, ओलम्पिक आयोजना हुने समयमा टोकियोको तापक्रम यतिबेला सहभागी खेलाडीदेखि लिएर आयोजकसम्मका लागि सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ।

    ओलम्पिक खेलकुदलाई चर्को गर्मीले पार्न सक्ने असरको विषयलाई लिएर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) देखि लिएर जापान सरकारसम्म चिन्तित बनेका छन्। ओलम्पिक खेलकुद चलिरहँदा टोकियोको तापक्रम ३५ डिग्री सेल्सियस र सापेक्षित आद्रता ८० प्रतिशत रहने अनुमान गरिएको छ। यसअघिका वर्षहरूमा पनि त्यो समयमा टोकियोको तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ।

    त्यसैले विश्वभरबाट ओलम्पिकमा सहभागी हुन आउने खेलाडी, निर्णायक, पदाधिकारी, सञ्चारकर्मी र दर्शकलाई चर्को गर्मीबाट कसरी बचाउने भन्ने विषयमा विभिन्न वैज्ञानिक आविस्कारलाई समेत प्रयोगमा ल्याउने तयारी भइरहेको छ। यस्तै एउटा उपाय हो, ‘हिउँको कृत्रिम वर्षा’।

    यसै क्रममा ओलम्पिकका सहभागीलाई चर्को गर्मीबाट राहत दिन शुक्रबार टोकियोमा हिउँको कृत्रिम वर्षा गराएर परीक्षण गरिएको छ। यस्तो परीक्षण ओलम्पिक र पारा ओलम्पिकका क्रममा रोइङ, क्यानोइङलगायतको पानीका खेलहरू हुने भेन्यु (सी फरेस्ट वाटरवे) मा गरिएको हो। त्यहाँको तापक्रम अहिले २५ डिग्री सेल्सियसभन्दा बढी रहेको छ।

    कृत्रिम हिउँ वर्षाको परीक्षणका क्रममा करिब तीन सय केजी हिउँको वर्षा गराइएको थियो। खेलाडी र दर्शकदीर्घामा बसेका व्यक्तिहरूको शरीरमा पनि हिउँ खसेको थियो। परीक्षणका क्रममा खसेको हिउँले त्यहाँको वातावरणलाई शीतल बनाउने आशा गरिएको थियो। तर, कृत्रिम हिउँ वर्षाको परिणाम भने सोचेजस्तो नआएको आयोजकले जनाएको छ।

    कृत्रिम हिउँ वर्षापछि तापक्रमसमेत केही घट्ने अनुमान गरिएको थियो। तर, कृत्रिम हिउँ वर्षा गराउनु अगाडि र पछाडिको तापक्रममा कुनै अन्तर नआएको बताइएको छ। सी फरेस्ट वाटरवेमा करिब दुई हजार दर्शक क्षमताको प्यारापिट तयार पारिएको छ। उक्त प्यारापिटको आधा भाग मात्र छानोले ढाकिएको छ।

    सुरुमा प्यारापिटको सम्पूर्ण भागमा छानो हाल्ने भनिए पनि खर्च घटाउने उद्देश्यले आधा भागमा मात्र छानो हालिएको हो। त्यसैले पनि आधा दर्शकले छानो नभएको प्यारापिटमा बसेर खेल हुर्नुपर्ने हुन्छ। कृत्रिम हिउँ वर्षा गराउने कार्यक्रममा टोकियो ओलम्पिक आयोजक समितिका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

    ‘कृत्रिम हिउँ वर्षाबाट हामीले सोचेजस्तो नतिजा आएन’, स्थानीय आयोजक समितिका सञ्चार प्रमुख ताकासी ओकामुराले भनेका छन्। उनले कृत्रिम हिउँ वर्षाबाट तापक्रममा कुनै फरक नआए पनि दर्शकलाई भने फरक अनुभव दिने बताए। ‘यसले दर्शकलाई छुट्टै अनुभुति दिनेछ। चर्को गर्मीमा आफ्नो शरीरमा हिउँ खस्दा दर्शक रोमाञ्चित हुनेछन्’, ओकामुरा भन्छन्।

    कृत्रिम हिउँ वर्षाका लागि ठूला बरफका टुक्राहरूलाई मेसिनले काटेर हिउँको रूपमा वर्षा गराइएको हो। ओलम्पिकसम्ममा यो प्रविधिलाई अझ परिस्कृत गरी प्रयोगमा ल्याइने ओकामुराले जनाएका छन्। ‘यो पहिलो परीक्षण मात्र हो। यसलाई अझ परिस्कृत गरी फेरि परीक्षण गरिनेछ’, उनले भने।

    सन् २०१३ मा टोकियोले ओलम्पिक आयोजनाको अधिकार पाएदेखि नै स्थानीय आयोजक गर्मीबाट छुटकारा पाउने विभिन्न उपायको खोजीमा सक्रिय छन्। गर्मीबाट जोगिन छाता आकारको विशेष क्याप पनि विकास गरिएको छ। सन् २०१८ मा गर्मीका कारण ६४ जनाको मृत्यु भएपछि जापान सरकारले गर्मीलाई ‘प्राकृतिक विपत्ति’ घोषणा गरेको थियो। गर्मीकै कारण सन् २०१९ को जुलाईमा पाँच हजारभन्दा बढी व्यक्ति उपचारका लागि अस्पताल भर्ना भएका थिए।

    गत महिना मात्र अन्तर्राष्ट्रिय ट्राइथलन महासंघले टोकियोमा आयोजित ओलम्पिकको छनोट प्रतियोगितामा चर्को गर्मीका कारण दूरीसमेत छोट्ट्याउनु परेको थियो। त्यतिबेला टोकियाको तापक्रम ३२ डिग्री सेल्सियस पुगेको थियो। गर्मीबाट छुटकारा पाउन ओलम्पिक अधिकारीहरूले जापानका प्रधानमन्त्री सिन्जो आबेसँग ओलम्पिक अवधिभर दिउँसोको समयलाई नै परिवर्तन गर्न आग्रह गरेका थिए।

    ओलम्पिक

    दिउँसोको समय केही पर धकेलिएमा साँझको शीतल वातावरणमा खेल आयोजना गर्न सकिने विश्वास ओलम्पिक अधिकारीहरूले लिएका छन्। यदि समय परिवर्तनको माग पूरा नभए म्याराथन दौड बिहान ६ बजेभन्दा पनि पहिले नै सुरु गर्नुपर्ने हुन्छ। ओलम्पिक सकिएपछि टोकियोमै अगस्ट २५ देखि सेप्टेम्बर ६ तारिखसम्म पारा ओलम्पिक आयोजना हुनेछ।

    स्रोत अन्नपूर्ण पोस्ट

    टोकियो ओलम्पिक सम्मेलनमा उत्तर कोरियाले भाग नलिने

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    ओलम्पिकमा ‘कृत्रिम हिउँ वर्षा’

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!