ओलम्पिक छनोटमा नेपाल र म्यान्मारको खेल १-१ को बराबरी ओलम्पिक छनोटमा नेपाल र म्यान्मारको खेल १-१ को बराबरी

  • ओलम्पिक छनोटमा नेपाल र म्यान्मारको खेल १-१ को बराबरी
  • ओलम्पिक छनोटमा नेपाल र म्यान्मारको खेल १-१ को बराबरी
  • ओलम्पिक छनोटमा नेपाल र म्यान्मारको खेल १-१ को बराबरी
  • ओलम्पिक छनोटमा नेपाल र म्यान्मारको खेल १-१ को बराबरी
  • ओलम्पिक छनोटमा नेपाल र म्यान्मारको खेल १-१ को बराबरी

ओलम्पिक छनोटमा नेपाल र म्यान्मारले १-१ को बराबरी खेले

12 November, 2018 11:11 | खेल | comments | 13950 Views

ओलम्पिक छनोटमा नेपाल र म्यान्मारको खेल १-१ को बराबरी

महिला ओलम्पिक-२०२० को एसिया क्षेत्रको छनोट चरणको प्रारम्भिक चरणअन्तर्गत आज भएको खेलमा नेपालले म्यान्मारसँग बराबरी खेलेको छ । म्यान्मारको याङ्गोनस्थित थुनुवा स्टेडियममा भएको समूहको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली म्यान्मारसँग १–१ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेको हो ।

यस खेलसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायम नै रहेको छ । नेपालका लागि खेल शुरुआती दोस्रो मिनेटमा सावित्रा भण्डारीले पेनाल्टीमार्फत गोल गरिन् । म्यान्मारको डिफेन्डर वाई वाई औङले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

  

त्यस्तै खेलको पहिलो हाफको १३औँ मिनेटमा नै म्यान्मारकी खेलाडी खिन मो वाईले १ गोल फर्काउँदै खेललाई १÷१ गोलको बराबरीमा ल्याइन् । यसअघि नेपालले आफ्नो पहिलो खेलमा भारतसँग पनि १–१ को बराबरी नै खेलेको थियो ।

यस खेलसँगै नेपालले अङ्क तालिकामा दुई अङ्क जोडेको छ भने भारत र म्यान्माले समान ४÷४ अङ्क जोडेका छन् । बङ्गलादेश भने अङ्कविहीन रहेको छ । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् ।

यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् । ओलम्पिकका लागि पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । ओलम्पिकको एशियन छनोटअन्तर्गत नेपाल रहेको समूह ‘सी’ मा भारत, म्यान्मार र बङ्गलादेश छन् । अब नेपालले समूह चरणको अन्तिम खेल यही कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ ।

ओलम्पिक छनोटमा नेपाल र भारतबीचको खेल बराबरी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
ओलम्पिक छनोटमा नेपाल र म्यान्मारको खेल १-१ को बराबरी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More