ओलम्पिक दिवसमा सञ्चारकर्मी दौड र सम्मान

24 June, 2017 14:34 |खेल | comments | 36450 Views

    अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका उपलक्ष्यमा भूतपूर्व खेलाडी मञ्च कास्कीद्वारा शुक्रबार स्व शिवशङ्कर रञ्जित दोस्रो पुरुष तथा महिला सञ्चारकर्मी दौड प्रतियोगिता गरिएको छ ।

    ‘स्वास्थ्य र शान्तिका लागि खेलकुद’ भन्ने नारासहित आयोजित पाँच किमी दूरीको दौडको पुरुषतर्पm भीम थापा, विजय नेपाली र देवेन्द्र पुन तथा पत्रकार महिलातर्पm पार्वती थापा, सपना अधिकारी र सुष्मिता सुवेदी क्रमशः प्रथम, द्वितीय र तृतीय भई रु सात, पाँच र तीन हजारसहित पदक र प्रमाणपत्र प्राप्त गरे ।

    adsads
    सोही समारोहमा भूपू खेलाडी मञ्च कास्कीद्वारा सञ्चालित अग्रज पत्रकार सम्मानबाट यस वर्ष वरिष्ठ पत्रकार नारायण कार्कीलाई पनि सम्मान गरियो ।

    प्रतियोगितामा पोखराका विभिन्न सञ्चारमाध्यममा कार्यरत १४ पत्रकार महिलासहित ३७ जनाको सहभागिता थियो । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रतियोगिताका विजयी सञ्चारकर्मीलाई प्रमाणपत्र एवम् पदक प्रदान गर्दै आवश्यक भौतिक संरचना तयार गरी पोखरालाई खेलकुदको तालिम केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!