ओलीप्रति माधव नेपालको कस्तो रीस- स्वास्थ्यलाभको कामना समेत गर्नुभएन

22 August, 2019 17:45 |राजनीति | comments | 17700 Views

    पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत रुपमा स्वास्थ्यलाभको कामना समेत गर्नुभएन ।

    बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरे पनि नेता नेपालले भने गर्नुभएन ।

    adsads

    बैठकमा प्रधानमन्त्री ओलीले “स्वास्थ्य परीक्षण र फलोअपका लागि म सिंगापुर जाँदै छु, माधव कमरेड, नरिसाउनोस, मलाई स्वाथ्यलाभको शुभकामना दिनोस” भन्दै ओली आफैले प्रस्ताव राख्दा नेता नेपाल रिसाएर केही नबोली स्वास्थ्य लाभको कामनासमेत नगरेको एक नेताले बताएका छन् ।

    माधव नेपालको वरियता घटेपछि झलनाथलाई चिट्ठा

    केही दिन अघि पार्टीको दोस्रो वरियताबाट तेस्रोमा झारिनुभएका नेता नेपाल अध्यक्ष ओलीप्रति आक्रामक बन्दै आउनुभएको छ । उहाँले बिहिबारको बैठकमा पनि प्रधानमन्त्री ओलीको बचाउ गर्ने नेताहरुमाथि कार्वाहीको माग गर्नुभएको छ । बैठकमा नेता नेपालले केन्द्रीय कमिटी सदस्य तथा प्रेस संगठन नेपालका इञ्चार्ज राजेन्द्र गौतममाथि कार्वाहीको माग गर्नुभएको छ ।

    आफूलाई वरियतामा तेस्रो स्थानमा राखिदिएपछि नेता नेपालले नोट अफ डिसेन्ट राख्दै ओलीले दुईमध्ये एक पद मात्र रोज्नुपर्ने चुनौती दिनुभएको थियो । यसको प्रतिउत्तरमा गौतमले पार्टी अध्यक्ष ओली महाधिवेशनबाट म्याण्डेट पाएको अध्यक्ष र जनताबाट अनुमोदिन नेता भएको भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाडन नहुने अडान राख्नुभएको थियो ।

    सोही बिषयलाई लिएर नेता नेपालले गौतममाथि कार्वाहीको माग राख्नुभएको सचिवालयका एक सदस्यले बताएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको १५ महिनापछि ‘एक व्यक्ति एक पद’ लागु गर्नुपर्ने भन्दै लिखित अहसमति केन्द्रीय कार्यालयमा दर्ता गरेपछि गौतमले काउन्टर दिनु भएको थियो । उहाले सामाजिक सञ्जालमा ‘किन छोड्ने केपी ओलीले ?’ भनेर सातै बुँदामा जवाफ दिनु भएको थियो ।

    आफ्नो बरियता घटुवा गरेपछि अध्यक्ष ओलीप्रति निकै आक्रामक रुपमा प्रस्तुत हुँदै आउनु भएका नेता नेपालले बिहिबारको बैठकमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लाग्नुभएका प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामनासमेत गर्न अस्वीकार गर्नुभएको एक नेताले बताएका छन् ।

    किन ‘नोट अफ डिसेन्ट’ लेख्दैछन् माधव नेपाल ?

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    फेसबुक

    नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!