ओलीसंगको विवाद श्रीमान-श्रीमतीको जस्तै : नेपाल

24 August, 2019 14:20 | राजनीति | comments | 28350 Views

माधव कुमार नेपाल

नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको आलोचनासंगै चिन्ता व्यक्त भैरहेका बेला नेता नेपालले आफू र पार्टी अध्यक्षबीच भएको भनाभनको विषय सामान्य भएको र यो श्रीमात श्रीमतीको झगडा जस्तै भएकाले यसलाई गम्भीर ढंगले नबुझ्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीसंग बिहिबार पार्टीको सचिवालय बैठकमा भएको भनाभनपछि शुक्रबार सहयोगी नगर सामुदायिक समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले सो धारणा राख्नुभएको हो ।

  

कार्यकर्ताहरुले त्यस बारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उहाँले विषयवस्तुमाथिको बुझाईमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भईरहने भन्दै त्यसलाई श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्न सुझाव दिनुभयो ।

नेता नेपालले भन्नुभयो- “नेताहरुबीच भनाभन भएछ भनेर पुर्व वक्ता साथीले चिन्ता व्यक्त गर्नुभयो, अत्तिनु केही पनि पर्दैन । घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? त्यही हो । विहे गर्नु नै वेकार रहेछ । छोराछोरी जन्माउनु नै वेकार रहेछ भन्ने ? यो जीवनको यथार्थ हो । पछाडि हट्नु हुँदैन । आएका समस्यालाई कसरी समाधान गर्ने भन्ने हो । समस्या त आउँछन, समस्या नआओस् भन्ने हो भने पर जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ ।”

माधवकुमार नेपालको नोट अफ डिसेन्ट ओलीले एक पद छाड्नुपर्ने प्रस्ताव

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More