ओली-प्रचण्ड निर्णायक वार्ता सकियो : के निचोड आयो पत्तो छैन

3 July, 2020 19:02 | राजनीति | comments | 49500 Views

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ । झण्डै तीन घण्टा चलेको वार्ताको निष्कर्ष के निस्कियो त्यसबारे भने केही जानकारी दिइएको छैन ।

पछिल्लो समय अध्यक्ष प्रचण्ड लगायत वरिष्ठ नेता माधवकुमार नपाल, झनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमसहितका अधिकांश सचिवालय सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपाभित्र चरम विवाद सुरु भएको छ ।

  

पार्टी विभाजनको संघारमा पुगेको आशंका आम नेता तथा कार्यकर्ताहरुले गरिरहेका बेला दुई अध्यक्षबीचको वार्तामा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरको पनि उपस्थिति रहेको थियो ।

दुई अध्यक्षबीचको निर्णायक वार्ताले पार्टीभित्र बढेको असमझदारीलाई सल्टाउन मद्दत मिल्ने र भोलि शनिबार बोलाइएको स्थायी समिति बैठकले एउटा निचोड निकाल्ने अपेक्षा गरिएको छ । दलका नेताहरूले दुई अध्यक्षबीच सहमति हुनुपर्ने र पार्टी फुट्नबाट जोगाउनुपर्ने दबाव दिइरहेका बेला दुई अध्यक्षबीच वार्ता भएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More