ओली-प्रचण्ड पार्टी एकीकरण र मन्त्रिमण्डल पुनर्गठन प्याकेजमा गर्ने तयारी

16 July, 2019 15:54 | राजनीति | comments | 20550 Views

लामो समयदेखि विवादमा रहेको पार्टी एकीकरण र नेताहरुको जिम्मेवारीका विषयमा सत्तारुढ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्याकेजमै सहमति गर्ने गरी छलफल सुरु भएको छ । दुई अध्यक्षबचि पार्टी एकीकरण र सरकार पुनर्गठन प्याकेजमै गर्ने गरी छलफलमा जुटेका हुन् ।

adsads

लामो समयदेखि मन्त्रिमण्डल पुनःगठनको चर्चा चलिरहे पनि सहमति हुन सकेको थिएन । त्यस्तैपार्टीका नेताहरूको कार्यविभाजन निकै विवादमा रहेको छ । दुई अध्यक्षबीच दुबै काम एकै पटक सक्नेगरी तयारी गरेको नेकपा स्रोतले बताएको छ । यी विषयमा दुई अध्यक्षबीच सहमति भएपछि सचिवालय बैठक बोलाएर निर्णय गर्ने तयारी छ ।

पार्टीमा विभिन्न विभाग प्रमुख, जिल्लाका इन्चार्ज सहइन्चार्ज र जनवर्गीय संगठनको इन्चार्ज सहइन्चार्जलगायत जिम्मेवारी पनि प्याकेजमै टुंग्याउने तयारी दुई अध्यक्षले गरेका छन् ।

नेकपा सचिवालयभित्र भएको मोटामोटी सहमतिअनुसार पार्टीका मुख्य विभाग सचिवालयका सदस्यहरूले नै राख्नेछन् । विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल र प्रचार विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठको नाममा मौखिक सहमति जुटेको भए पनि संगठन, स्कुल र आर्थिक विभागमा कसलाई राख्ने भन्नेमा सहमति भइसकेको छैन ।

संगठन विभागमा वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मध्ये कसलाई जिम्मेवारी दिने भन्नेमा दुई अध्यक्षबीच रस्साकस्सी छ । उसो त बादलले सामान्यतः संगठनको जिम्मेवारी पार्टी महासचिवको हुने भन्दै त्यसमा महासचिवलाई नै राख्नुपर्ने र आफ्नो इच्छा नभएको जवाफ दुई अध्यक्षलाई फर्काएको नेकपा स्रोतले बताएको छ ।

चाँडै पार्टी एकीकरण हुन्छ : अध्यक्ष प्रचण्ड

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!