ओसाकामा तीनदिने नेपाली महोत्सव हुने

24 April, 2013 20:33 | जापान | comments | 27750 Views

ओसाका,  मे  ३ देखि मे ५ समय बिहान ११ बजेदेखि बेलुका १० बजे सम्म  पिएर्रो हार्बोउर नाकाचु कीता – कु मा हुने  वोर्ल्ड फेस्टिबल अन्तरर्गत  नेपालीले पनि बिभिन्न कार्यक्रमसहित सहभागिता जनाउने भएको छ।

 

नेपाली कला, संस्कृति, हस्तकला लगायत  पर्यटन पर्बद्धन गर्ने उदेश्य ले यो महोत्सवमा सहभागिता जनाउन लागिएको  कार्यक्रम संयोजक लक्ष्मी खड्काले जानकारी दिनु भएको छ।  नेपाली नृत्य, हस्तकला, खानाका परिकारका साथ विभिन्न खेलकुदको कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ।

  

 

 

जापानीजबासी लगायत  बिदेशीहरुलाई नेपालको चिनारी धेरै भन्दा धेरै दिन अन्तरक्रिया कार्यक्रम पनि रहेको छ।  तिनदिन हुने फेस्टिबलमा नेपालका साथ् साथै मंगोल, मेक्सिको कोलुम्बिया, बुल्गेरिया, होंग्कोंग, इंडिया आदि देशका हस्तकला, खानाका साथ् साथै नृत्य संगीत पनि रहेको छ। ओसाका हानक्यु रेलवे तथा मिदोसूजी सेनको नाकाचु स्टेसनबाट नजिकै कार्यक्रम स्थल रहेको छ। सम्पूर्ण नेपाली तथा जापानी साथीहरुलाई तिनदिन हुने यस महोत्सवमा पाल्नु भइ  महोत्सवलाइ सफल पारिदिनु हुन आयोजकले हार्दिक अनुरोध गरेको छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More