ओसाका र टोकियोमा गैरे सेवा समाजको तीज धमाका हुने

19 August, 2019 22:44 |जापान | comments | 29100 Views

    “हाम्रो सरकार आपसी एकता र परोपकार” को लक्ष्य लिई सन २०११ मा स्थापित गैरे सेवा समाज जापानले तीज धमाका २०१९ ओसाका र टोक्योमा गर्ने भएको छ । अगष्ट २७ मा ओसाकाको फुकुसिमा रेसिडेंट सेन्टरमा र अगष्ट २९ मा टोकियो सिनकोईबा स्टेसनको नजिक ईदोगावा कल्चर सेन्टरमा कार्यक्रमको आयोजना हुने भएको हो ।

    adsads

    धर्म संस्कृतिको रक्षा गर्दै शिक्षा, स्वास्थ्य , खेलकूद र दैवी प्रकोप तथा अन्य समस्याहरूमा सहयोग गर्ने हेतुले यस कार्यक्रमको आयोजना गर्न लागिएको समाजले जनाएको छ ।

    जापानबासी गैरेबाट लेबी, चन्दा र अन्य कार्यक्रमहरूबाट संकलित रकम देशका विभिन्न जिल्लाका विद्यालयहरुमा अक्षयकोषको स्थापना गरी विपन्न परिवारका बालबालिकाहरूलाई सहयोग गरिरहेको छ ।

    त्यसै गरी बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक बिपदका बेला निरन्तर सहयोग गर्दैआएको समाजको तीज धमाका कार्यक्रम पनि त्यसै दिशातिर केन्द्रित भएकाले टोकियो र ओसाकामा रहन भएका सम्पूण् नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भै सामाजिक काममा लाग्नका लागी हौसला प्रदान गर्न आग्रह गरिएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!