ओसिनियामा एनआरएनएकाे क्षेत्रीय सम्मेलन सुरू (फाेटाे फिचर)

11 May, 2019 11:04 | एन आर एन न्युज , जापान | comments | 32250 Views

गैरआवासीय नेपाली संघ एनआरएनएको ओसिनिया तेस्रो क्षेत्रीय सम्मेलन अष्ट्रेलियाको सिडनीमा सुरू भएको छ।

मे ११ र १२ तारिक दुई दिन सम्म चल्ने सम्मेलनको नेपाल सरकारका कानुन मन्त्री भानुभक्त ढकालले शनिबार एक समारोहका बीच उदघाटन गर्नुभएको छ।

adsads
सम्मेलनमा एनआरएनए आईसीसी अध्यक्ष भवन भट्ट लगायतका विभिन्न क्षेत्रका एनआरएनएका विशिष्ठ पदाधिकारीहरूको सहभागिता रहेको छ।

सम्मेलनमा एनआरएन अभियन्ता तथा महावाणिज्यदूत दिपक खडका, प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य विष्णु पन्ती, नेपाली कांग्रेसका नेता रमेश लेखक सहभागि हुनुहुन्छ । भने कार्यक्रममा एनआरएन पूर्व अध्यक्ष शेष घले, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, सहकोषाध्यक्ष सोम सापकोेटा, एनआरएन अभियन्ता श्याम तामाङ, गणेश केसी, यूरोपका संयोजक शिवकुमार बरुवाल, एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापा, क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारीलगायत सहभागि हुनुहुन्छ ।

ईभेष्टमेन्ट, ईनोभेसन एण्ड टुरिजम भन्ने मुल नाराका साथ हुन लागेको सम्मेलनमा अष्ट्रेलिया संघीय सरकारका अध्यागमन मन्त्री लगायतका अतिथिहरूको समेत सहभागिता रहेको छ। एनआरएनए प्रवक्ता भुषण घिमिरेका अनुसार सम्मेलनले केही महत्वपूर्ण घोषणा सहित विषय विज्ञकाे कार्यपत्र प्रस्तुति समेत हुने छ।

कार्यक्रम उदघाटनका केही झलकहरू:

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!