कंगोको जेलमा आक्रमण ११ जनाकाे मृत्यु, ९ सय बन्दी फरार

12 June, 2017 14:41 |विश्व समाचार | comments | 60000 Views

    बन्दुकधारीले प्रजातान्त्रिक गणतन्त्र कंगोको एक जेलमा आक्रमण गर्दा ११ जनाको ज्यान गएको छ भने ९ सय भन्दा बढी कैदी बन्दी जेलबाट फरार भएका छन् ।

    कंगोको उत्तरी क्षेत्रको किवु प्रान्तको एक जेलमा बन्दुकधारीले आक्रमणगरी कैदीबन्दीलाई भगाएको सरकारी अधिकारीले बताएका छन् ।

    adsads
    बेनीमा रहेको जेलमा आक्रमणका लागि आक्रमणकारीले ठूला हतियार प्रयोग गरेको सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
    घटनामा ज्यान गुमाएका मध्ये कम्तिमा ८ जना जेलको सुरक्षाका लागि खटिएका गार्ड रहेका छन् । आक्रमण कसले गरेको भन्ने अहिलेसम्म खुलेको छैन ।

    कंगोमा जेल तोडेर कैदीबन्दी भाग्ने घटना बढी हुने गरेका छन् । गएको महिना राजधानी किनशासामा रहेको जेलबाट झण्डै चार हजार कैदीबन्दी भागेका थिए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!