कञ्चनपुरमा आज चक्काजाम

13 November, 2014 19:17 | जन सरोकार , सुदुर पश्चिमाञ्चल | comments | 29700 Views

भूमिहीन अव्यवस्थित सुकुम्बासी सङ्घर्ष समितिको आह्वानमा विहिवार कञ्चनपुरको कृष्णपुर–२ बाणिमा चक्काजाम गरिएको छ । शान्तिपूर्ण रुपमा ¥याली प्रदर्शन गरिरहेका बेला प्रहरीले लाठी प्रहार दमन गरेको भन्दै सङ्घर्ष समितिले चक्काजाम कार्यक्रमको आयोजना गरेको हो ।

बिहान १० देखि २ बजेसम्मका लागि विरोधस्वरुप चक्काजाम गरिएको सङ्घर्ष समितिका सचिव रामनाथ योगीले बताउनुभयो । राजमार्गमा सङ्घर्ष समितिका कार्यकर्ताहरुले यातायातका साधन सञ्चालन हुन नदिएपछि लामो र छोटो दूरीका सवारी साधन सडकमै लाम लागेका छन् ।

बुधबार सुकुम्बासी आयोगले निर्धारण गरेको कार्यादेश खारेजीको माग गर्दै हिँडेका सङ्घर्ष समितिका कार्यकर्ताहरुले आयोगका कार्यालयका फायल च्यात्ने कार्य गरेको भन्दै प्रहरीले लाठी प्रहार गरेको थियो । यो घटनामा आधा दर्जन कार्यकर्ता घाइते भएका थिए ।

  

तीनजनालाई प्रहरीले नियन्त्रणमा लिई राति १० बजेपछि छाडेको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More