कतारका यूवा तथा सफल व्यवसायी कोइराला अमेरिकामा व्यवसाय विस्तार गर्ने तरखरमा
विजय थापा ,डिसी । नेपाल चितवन घर भै कतारमा व्यवसायमा संलग्न रहेका यूवा तथा सफल व्यवसायी प्रकाश कोइराला आफ्नो व्यवसाय अमेरिकामा पनि विस्तार गर्ने तरखरमा रहेका छन् ।
उनले डिसी महानगरका एक अङ्किय पत्रिकासंग कुरा गर्दा उक्त कुरा जानकारी गराएका थिए । १२ बर्ष अगाडी कतार कामदारको रुपमा आएका कोइरालाको जन्म चितवन गीतानगर भएता पनि उनी हाल नवलपरासीको गैडाकोट निवासी हुन् । आफ्ना पितासंगै त्यहाँ पुगे पछि पिता पनि व्यवसायी भएकोले आफू पनि व्यवसाय मै होमिएको बताए ।
कतारमा १२ बर्षको अवधिमा जुन प्रतिष्ठानमा काम गर्थे त्यहीका संचालकले अवसर दिए पछि आफू व्यवसायमा प्रवेश गरेको बताए । कतारमा आफ्ना २ व्यवसायमा ४ सय भन्दा ज्यादा कर्मचारीहरु रहेका उनी उक्त प्रतिष्ठानका प्रमुख हुन् । पहिले आफू कामदार र पछि मेहनतको कारण यहाँ सम्म पुग्दा आफूलाई भाग्यशाली बताए । उनले अगाडी भने कतार जस्तो देशमा उक्त देशको कानुनलाई पालना गर्दै दर्शन ( भिजन)बोकेको कारण यो अवस्थामा पुगेको जनाए ।
कतारमा निर्माण व्यवसायमा जमेका कोइरालाले अमेरिकामा भूमि-भवन( रिएल स्टेट )को व्यवसाय तथा व्यापार गर्न चाहेको बताए । उनले आफू कतारमा यसै व्यवसायमा संलग्न रहेको र अनुभव हासिल गरेकोले अमेरिकाको यस पटकको यात्रामा यसको अध्ययन र जानकारी लिन अमेरिका आएको बताएका छन् ।
कोइराला समाजसेवी पनि हुन् भने उनले नेपालीहरुलाई साह्रोगाह्रोमा सहयोग गर्दै आएका छन् । उनले धुर्मुस सुन्तली फाउन्डेसन ( प्रतिष्ठान) लाई मुसहर वस्ती निर्माणको लागि ४० लाख अनुदान दिएका थिए । यसको अतिरिक्त अन्य सहयोग गरि रहेको र आफ्नो क्षमताले भ्याए सम्म गर्ने बताएका छन् ।
कोइराला कतारमा रहेका व्यवसायीहरूको हक, हित र अधिकारका आवाज उठाउनुका साथै नेपाल र कतारबीच व्यावसायिक वातावरण सिर्जना गर्न स्थापित नेपाल कतार विजनेस एसोसिएसनका सहकोषाध्यक्ष पनि हुन् ।
उनि कतार जस्तो देशमा त्यहाँका नागरिक र अन्य प्रतिस्प्रद्धामा आफूलाई उभ्याई परिश्रम गरि सबैको साथ ,सहयोग र सद्भाव पाएको कारण आफू केही हद सम्म जम्न सकेको बताए ।
उनले भने नेपालीहरुको नाम राख्ने र इमान्दारिता सदैव आफू भित्र त्यो भावना रहेको बताए । कतारमा भारतीय नागरिक पछि दोश्रो ठूलो नागरिकमा नेपालीहरु छन् भन्दै शीप र ज्ञानलाई सरकारले ध्यान दिनु पर्ने र आउने सबै नेपाली समुदायलाई त्यसमा ध्यान दिन सके कतारमा राम्रो हुने बताए ।
कोइराला अमेरिकाको भ्रमण पछि कतार फर्की सकेका छन् ।
अमेरिकामा नेपाली महिलाले आफ्ना संघर्ष र सफलताका कथा सुनाए
तपाईंको प्रतिकृया
ताजा समाचार
- गोकर्णेश्वरको पर्यटकीय क्षेत्रको प्रचारप्रसार साहित्यमार्फत
- बैंक ह्याकमा सक्रिय विदेशी गिरोहलाई नेपाली एजेन्टको सहारा
- स्वर्ण पदक जित्ने खेलाडीलाई नौलाख रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा
- सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक
- नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी शुरु
- अनलाइन ठगीमा विदेशी नाइके नेपाली एजेण्ट- ठगिएको १४ करोडभन्दा बढी रकम विभिन्न बैंकमा
- सागमा पदक विजेता खेलाडीलाई राष्ट्रपतिद्वारा बधाई
- आज साँझदेखि भारी हिमपातको सम्भावना- सतर्कता अपनाउन आग्रह
- चीनमा चर्च भत्काउने अभियान : पश्चिमा जगतमा खैलाबैला (भिडियोसहित)
- सन्दर्भ १३औँ साग : नतिजा र व्यवस्थापनमा अब्बल
- दुई साताका लागि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
- ओली-प्रचण्ड छलफलपछि मात्र सभामुखको टुंगो, उपसभामुख कांग्रेसले नपाउने
- सरकारसंग माग मात्रै राख्ने हैन मिलेर काम गर्न मन्त्री भट्टराईको आव्हान
- पानीजहाज पछि चलाउला अहिले पानी व्यापार गरौं
- अनलाइनमार्फत ठगी गर्ने गिरोहले जम्मा गरेको १७ करोड रुपैयाँ फेला
- पदक विजेतालाई प्रधानमन्त्री ओलीको सम्मान- नगद पुरस्कारको घोषणा हुने
- माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन
- न्युजर्सीमा गोली हानाहान : प्रहरी अधिकारीसहित छजनाको मृत्यु
- साग सफल बनाउन योगदान दिने सबैमा धन्यवाद
- उपसभामुखलाई राजीनामा गराउँदै नेकपा : बनाउला त सभामुख ?
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


