कतारबिरुद्ध नेपालको भारी जीत

5 May, 2013 16:10 | खेल | comments | 39450 Views

शनिबार राष्ट्रिय टोलीले बर्मुडामा ऐतिहासिक खुड्किलो पार गरेको लगत्तै नेपाली यू १९ टोलीले आइतबार मलेसियामा जारी अन्डर १९ एलिट कप क्रिकेटमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

 

क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा कतारलाई ९ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित हात परेको हो । कतारले दिएको ९४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेपालले १० दशमलब ५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

  

 

नेपालका लागि अमित श्रेष्ठले नट आउट ७० रनको योगदान दिए । यस्तै निश्चल पाण्डेले १२ तथा हरिशंकर शाहले ८ जोडे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कतारले ३६ दशमलब ३ ओभरमा सवै विकेट गुमाउँदै मात्र ९३ रन जोडेको थियो ।

 

कतारका उजिर अहमदले सर्वाधिक २४ रन, मर्जि महोमद वेगले १६, सायद स्वफनले १४ तथा जहाँगिर इशानले १२ रनको जोडेका थिए । कतारका तीन ब्याट्स म्यान खाता नै नखोलि पेभिलियन फर्किएका थिए ।

 

नेपालका लागि अभिनाश कर्णले चार विकेट लिए भने शुसान्त भारीले २ तथा निश्चल पाण्डे र कप्तान भुवन कार्कीले समान एक-एक विकेट लिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More