दश नेपाली स्वदेश फर्किए दश नेपाली स्वदेश फर्किए

  • दश नेपाली स्वदेश फर्किए
  • दश नेपाली स्वदेश फर्किए
  • दश नेपाली स्वदेश फर्किए
  • दश नेपाली स्वदेश फर्किए
  • दश नेपाली स्वदेश फर्किए

कतारमा अलपत्र परेका दश नेपाली स्वदेश फर्किए

26 November, 2016 10:49 | प्रबास | comments | 98850 Views

दश नेपाली स्वदेश फर्किए

कुमार “अविरल” पन्थी, कतार ।कतारमा करिव ३ महिना देखि अलपत्र परेका दश नेपाली स्वदेश फर्किएका छन ।दुई जना गत सोमबार र ८ जना शुक्रबार स्वदेश फर्किएका हुन ।

गुल्मी सेवा समाज कतारको पहल, नेपाली राजदूतावास कतारको विशेष सहयोग तथा झविन्द्र आचार्यको निरन्तर प्रयासमा दशैँ जना पीडित नेपाल फर्किन पाएका हुन ।

  

मोरंगका तिलक भुजेल, अम्बर थेगिंग, सुनसरीका अजय चौधरी, झापाका दिपेन ताज पुरिया, धनकुटाका रत्न भुजेल, नवलपरासीका भगवान गुप्ता, बिनोद चमार, रुपन्देहीका ओम प्रकाश पासी, र गुल्मीका गंगा बहादुर थापा, बिर बहादुर बि.क. बिगत ३ महिना देखि कम्पनि मालिक फरार भएपछि अलपत्र पर्दै आएका थिए ।

ति मध्यका दुइ जना तिलक भुजेल र अम्बर थेगिंग गत सोमबार नै नेपाल फर्किएका थिए । बाँकी ८ जनालाई कानुनी प्रकृया पुरा गरी उनीहरुले पाउनु पर्ने क्षतिपूर्तिको व्यवस्था मिलाएर गत शुक्रबार स्वदेश पठाईएको झबिन्द्र आचार्यले बताए । पिडितलाई न त अल वाजिर कम्पनीले नै टिकट दियो नत मेनपावरले नै आचार्य आफुले नै दसै जनाको टिकटको ब्यबस्था मिलाएर स्वदेश पठाएका थिए ।

नेपालबाट कतार आउदा मेनपावर कम्पनि र एजेन्टले लिएको सबै पैसा फिर्ता हुने व्यवस्था मिलाएर पीडितहरु नेपाल फर्किएपछी उनीहरुले पाउन पर्ने क्षतिपूर्ति मेनपावर कम्पनिले दिएको पीडितहरुले जानकारी दिएका छन् ।

अल वाजिर कम्पनीका मालिकले दस जनालाई केहि दिन भित्र कम्पनिबाट पाउन पर्ने रकम र घर फिर्तीका लागि टिकट उपलब्ध गराउने बताए पनि उनलाई फोन सम्पर्क गर्न खोज्दा विभिन्न बाहाना बनाएर पुनः सम्पर्क बिहिन बने ।

काठमाडौंको बसुन्धरा स्थित ग्लोबल डाइनामिक मेनपावरबाट पाच जना एक बर्ष अघि र पाच जना छ महिना अघि मासिक १००० रं २०० तलबमा कतार आएका थिए । कम्पनि र मेनपावरबीच समन्वय गर्ने दिपु भन्नेले उक्त कम्पनीमा काममा लगाएका थिए र अहिले दिपु पनि सम्पर्क बाहिर रहेका छन।

अलपत्र परेका पिडितहरुलाई खाना समस्या परेपछि निरन्तर रुपमा गुल्मी सेवा समाज कतारले खाद्यान्न सहयोग गरेको थियो । कतारमा स्थापित अन्य सामाजिक सस्थाले पनि उनीहरुलाई राहत उपलब्ध गराएका थिए ।

नेपाल फर्किन पाएर निकै खुसि बनेका पीडितहरु भन्छन – गुल्मी सेवा समाज, नेपाली राजदुतावास कतार, र झविन्द्र आचार्य हाम्रो लागि भगवान समान हुनुहन्छ । जसले हामीलाई यो परदेशको ठाउंमा कष्टकर जीवनबाट उद्धार गर्नुभयो । उहाँको यो गुण कहिले भुल्ने छनौ भन्दै बिशेष धन्यवाद प्रकट गरे । साथै उनीहरुलाई सहयोग पुराउने यहाँका बिभिन्न सामाजिक सस्थाहरु प्रति पनि आभारी रहेको बताए।

कतारमा अलपत्र परेका दश नेपाली मध्ये दुई स्वदेश फर्किए

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
दश नेपाली स्वदेश फर्किए

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More