कतारमा अलपत्र परेका १० नेपाली मध्ये दुई स्वदेश फर्किए कतारमा अलपत्र परेका १० नेपाली मध्ये दुई स्वदेश फर्किए

  • कतारमा अलपत्र परेका १० नेपाली मध्ये दुई स्वदेश फर्किए
  • कतारमा अलपत्र परेका १० नेपाली मध्ये दुई स्वदेश फर्किए
  • कतारमा अलपत्र परेका १० नेपाली मध्ये दुई स्वदेश फर्किए
  • कतारमा अलपत्र परेका १० नेपाली मध्ये दुई स्वदेश फर्किए
  • कतारमा अलपत्र परेका १० नेपाली मध्ये दुई स्वदेश फर्किए

कतारमा अलपत्र परेका दश नेपाली मध्ये दुई स्वदेश फर्किए

15 November, 2016 17:07 | प्रबास | comments | 168300 Views

कतारमा अलपत्र परेका १० नेपाली मध्ये दुई स्वदेश फर्किए

कुमार “अविरल” पन्थी, कतार । कतारमा करिव दुई महिना देखि अलपत्र परेका दश नेपाली मध्ये दुई जना गत सोमबार स्वदेश फर्किएका छन । गुल्मी सेवा समाज कतारको पहल, नेपाली राजदूतावास कतारको विशेष सहयोग तथा झविन्द्र आचार्यको निरन्तर प्रयासमा तिलक भुजेल र अम्बर थेगिंग नेपाल फर्किन पाएका हुन ।

बिगत दुई महिना देखि कम्पनि मालिक फरार भएपछि मोरंगका तिलक भुजेल, अम्बर थेगिंग, सुनसरीका अजय चौधरी, झापाका दिपेन ताजपुरिया, धनकुटाका रत्न भुजेल, नवलपरासीका भगवान गुप्ता, बिनोद चमार, रुपन्देहीका ओम प्रकाश पासी, र गुल्मीका गंगा बहादुर थापा र बिर बहादुर बि.क. अलपत्र परेका थिए ।

  

जस मध्ये तिलक भुजेल र अम्बर थेगिंग नेपाल फर्किएका छन । बाँकी रहेका ८ जना नेपालीलाई एक हप्ता भित्रमा नेपाल फर्काउन पहल भइरहेको आचार्यले जानकारी दिए । आचार्य भन्छन, नेपाली दूतावास कतार र हाम्रो पहल जारी छ कम्पनि मालिकलाई दूतावास र हामीले पटक पटक सम्पर्क गरिरहेका छौ, उसले विभिन्न बहाना बनाएर उम्किन खोजिरहेको देखिन्छ । तर हामीले कुनै पनि हालतमा उम्कन नदिई पीडितले पाउन पर्ने न्याय र अधिकार दिलाएर कानुनी प्रकृया मिल्ना साथ बाकी रहेका सबै नेपालीलाई स्वदेश फर्काउने छौ ।

दि अल वाजिर कम्पनिका मालिक र मेनपावर कम्पनिले टिकट उपलब्ध नगराए पनि ३/४ दिन भित्रमा आफुले नै सबै ब्यबस्था मिलाएर पीडितलाई स्वदेश पठाउने आचार्यले दाबी समेत गरेका छन ।

अल वाजिर कम्पनीका मालिक (मोबाइल नम्बर ५५४६९६९२) कामदारलाई बिचल्ली बनाएर करिब दुई महिना देखि सम्पर्क बिहिन रहेको भनि विभिन्न मिडियामा समाचार प्रकाशित भएपछि कम्पनि मालिक सम्पर्कमा आएर ५ जनालाई १ हजार रियालका दरले ५ हजार कतारी रियाल उपलब्ध गराएको थिए । बाँकी पाँच जनालाई केहि दिन भित्र बाँकी रहेको रकम उपलब्ध गराउने बताए पनि अहिले कम्पनि मालिक पुनः सम्पर्क बिहिन बनेका छन् ।

काठमाडौंको बसुन्धरा स्थित ग्लोबल डाइनामिक मेनपावरबाट पाँच जना एक बर्ष अघि र पाँच जना छ महिना अघि मासिक १००० रं २०० तलबमा कतार आएका थिए । कम्पनि र मेनपावरबीच समन्वय गर्ने दिपु भन्ने (मोबाइल नम्बर ७०४४३७४७) जसले उक्त कम्पनिमा काममा लगाएका थिए र अहिले दिपु पनि सम्पर्क बाहिर छ पीडितहरु बताउंछन् ।

कम्पनिले बिचल्ली बनाएर अलपत्र परेका पिडितहरुलाई खाना समस्या परेपछि निरन्तर रुपमा गुल्मी सेवा समाज कतारले खाद्यान्न सहयोग गर्दै आइरहेको छ । कतारमा स्थापित अन्य सामाजिक सस्थाले पनि उनीहरुलाई राहत उपलब्ध गराएको पीडितहरुले बताएका छन् ।

नेपाली फर्किएका तिलक भुजेल र अम्बर थेगिंगले गुल्मी सेवा समाज, नेपाली राजदुतावास कतार, झविन्द्र आचार्यलाई बिशेष धन्यवाद प्रकट गरे। साथै उनीहरुलाई सहयोग पुर्याउने यहाँका बिभिन्न सामाजिक सस्थाहरु प्रति पनि आभारी रहेको बताउदै बाकि रहेका ८ जनालाई छिटै नेपाल पठाई दिन समेत आग्रह गरेका छन् ।

कतारमा अलपत्र परेका १८५ नेपालीको दर्दनाक याचना

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कतारमा अलपत्र परेका १० नेपाली मध्ये दुई स्वदेश फर्किए

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More