कतारकतार

  • कतार
  • कतार
  • कतार
  • कतार
  • कतार
  • कतार

कतारमा नेपाली नागरिकमाथि सांघातिक हमला : एक जनाको मृत्यु, पाँच घाइते (विज्ञप्ति सहित)

15 August, 2019 11:40 |प्रबास | comments | 36900 Views

    कतार

    कतारको दोहामा मंगलबार नेपाली नागरिकमाथि सांघातिक हमला भएको छ । दोहास्थित जैदा पार्कमा हमलामा परी एक नेपालीको मृत्यु भएको छ भने पाँच जना घाइते भएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

    adsads

    दूतावासले बुधबार विज्ञप्ति जारी गरी घटनामा सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको र उनको शव हमाद अस्पतालमा रहेको जनाएको छ । दूतावासका अनुसार घाइतेमध्ये उमर अन्सारी अवस्था गम्भीर रहेको र उनको अस्पतालको सघन उपचार कक्षमा कक्षमा उपचार भइरहेको छ भने अन्य घाइते हुनेमा, इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त छन्। घाइते सबै सुनसरीका हुन्।

    घटनापछि पक्राउ परेका अकवर मियाँ र महसुद अन्सारीलाई दूतावासको सहयोगमा प्रहरीबाट हिरासत मुक्त गराइसकेको र घटनामा संलग्न केहीलाई कतार प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ।

    त्यस्तै नेपाली दूतावासले अनावश्यक भीडभाड हुने क्षेत्रम अत्यावश्यक कामबाहेक नजानु हुन तथा जानै पर्ने भएमा आवश्यक सतर्कर्ता अपनाउन हुन कतारबासी नेपाली समुदायलाई आग्रह गरेको छ ।

    विज्ञप्ति :

    विज्ञप्ति

    उद्धारको माग गर्दै कतारबाट डाँको छोड्दै युवती

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    कतार

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!