कतारले आप्रवासी कामदारको अधिकार संरक्षणको बाचा पूरा गरेन

2 December, 2015 15:24 |प्रबास | comments | 79950 Views

    Quatar

    सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको आयोजक मुलुक कतारले रंगशला निर्माणमा खटिएका आप्रवासी कामदारहरुको मानवअधिकार हननु भएको र कामदारले पाउनुपर्ने न्यूनतम सुविधा समेत नपाएको भन्दै त्यसमा सुधार गर्न दवाव दिए पनि काम नभएको पाइएको छ ।

    विश्व फुटबल महासंघ, एमनेष्टी इन्टरनेशनल लगायत विभिन्न मानवअधिकारवादी संघसंस्थाहरुले कतारले कामदारहरुको न्यूनतम अधिकार संरक्षण नगरे प्रतियोगिताको आयोजक नै रद्द गर्नसक्ने चेतावनी दिएपछि उसले सुधार गर्ने प्रतिबद्धता जनाएको थियो ।

    adsads

    त।, कतारले प्रतिबद्धता व्यक्त गरेअनुरुप आप्रवासी श्रमिकको अधिकार संरक्षणका लागि ठोस कदम नचालेको एम्नेस्टी इन्टरनेसनलले आरोप लगाएको छ ।

    एम्नेस्टीको अन्तर्राष्ट्रिय सचिवालयले मंगलबार राति विज्ञप्ति जारी गर्दै कतारले सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता गर्ने निर्णय भएको पाँच वर्ष भइसक्दासमेत आप्रवासी कामदारको अधिकार संरक्षणको प्रतिबद्धता पूरा नहुनु लज्जाको विषय भएको जनाएको छ ।

    कतारमा कामदारको ट्रेड युनियन अधिकार, स्वास्थ्य र सुरक्षाको अधिकार, न्यायमा पहुँच, जागीर परिवर्तनको अधिकार, स्वदेश फर्कने अधिकार, घरेलु कामदारको सुरक्षाजस्ता विषय अझै सुधार नभएको एम्नेष्टीले जनाएको छ ।

    उसले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)लाई कतारमा कामदारको अधिकारको सुरक्षाका लागि दबाब दिन आग्रह गरेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!