कतार एयरवेजका कर्मचारीको रहस्यमय मृत्यु

31 August, 2016 19:28 |जन सरोकार | comments | 247200 Views

    गएराती कोहलपुरको न्युरोडमा रहेको  होटल पपलाइफमा एक व्यक्तिको रहस्यमय मृत्यु भएको छ । कोहलपुर ११ का २७ बर्षीय विकास राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    adsads
    उनि कतार एयरवेजमा काम गर्दै आएका थिए । सोही स्थानका २७ बर्षीय पवन श्रेष्ठको बेहोस अवस्थामा फेला परेका छन् ।

    श्रेष्ठको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    होटलको २ वटा कोठा लिएर बसेका मध्ये विरेन्दनगर १८ सुर्खेतका ३२ बर्षीय ईश्वर थापा, नेपालगन्ज १३ का ३१ बर्षीय प्रशान्त शाक्यलाई अनुसन्धानको लागी प्रहरीले पक्राउ गरेको छ ।

    होटलको २०४ नम्बर कोठामा बसेका उनीहरु बिहान अबेरसम्म पनि नउठेपछि होटलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले दुवैलाई उद्धार गरी अस्पताल लैजाने क्रममा  राईको मृत्यु भएको  हो ।

    मृत्यु हुने राई र  घाइते श्रेष्ठ अत्याधिक मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । डिएसपी काफ्लेले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।  अत्याधिक लागु पदार्थ सेवन गरेको कारण घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

    यो पनि पढ्नुहोस्

    परीक्षामा फेल भएपछि जापानमा बाबुद्वारा छोराको हत्या

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!