कतार र साउदीले कम्पनी परिवर्तन गर्न नपाउने नियम हटाए, कतारले बढायो तलब

10 November, 2020 19:58 | प्रबास | comments | 37050 Views

नेपालीहरुको वैदेशिक रोजगारी प्रमुख गन्तव्य खाडी मुलुक कतार र साउदी अरबले कामदारले आफूखुसी कामगर्ने कम्पनी परिवर्तन गर्न नपाउने नियम हटाएर सहज नियम बनाएका छन् । यसबीचमा कतार सरकारले नेपालीसहित आप्रवासी कामदारको तलव बढाएको छ ।

नेपाली युवाको रोजगारीको गन्तव्य मुलुक कतारले कामदारको न्यूनतम तलब एक हजार कतारी रियल अर्थात् नेपाली ३२ हजार रुपियाँ तोकेको छ । साथै, कामदारलाई बस्न आवास खर्चबापत् पाँच सय र खानाको लागि तीन सय गरी जम्मा १८ सय रियल तोकेको हो ।

तर, आवास र खानाको सुविधा कम्पनीले उपलब्ध गराएको खण्डमा एक हजार रियाल मात्रै दिए पुग्नेछ । यो न्यूनतम तलब घरेलु श्रमिकको हकमा पनि लागू हुने बताइएको छ ।राजपत्रमा प्रकाशित भएको छ महिनापछि यो नियम कार्यान्वयनमा आउने कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयल दुई महिना अघि बताएको थियो ।

  

कतार सरकारले आप्रवासी कामदार सम्बन्धी नियम खुकुलो बनाएको दुई महिना अघि आप्रवासी कामदारले कम्पनी परिवर्तन गर्नका लागि रोजगारदाताको अनुमति चाहिने बाध्यकारी नियम हटाउने निर्णय गरेसंगै न्यूनतम तलब समेत तोकेको हो भने अब साउदी अरबले पनि उक्त वाध्यकारी नियम हटाउने भएको छ ।

साउदी अरब सरकारले त्यहाँ कार्यरत आप्रवासी श्रमिकलाई आवश्यक बेलामा स्वदेश फर्किन सक्ने गरी नियम बनाउन थालेको हो । कतार र साउदी अरबले वाध्यकारी नियम हटाउँदै कामदारको सहज हुने खालका नियम बनाएपछि खाडीका अन्य मुलुकले पनि विस्तारै आफ्नो पुरानो नियम परिवर्तन गर्दै जान थालेको देखिएको छ ।

साउदीले श्रमसम्बन्धी कानुनको सुधार गर्दै सन् २०२१ मार्च १४ देखि लागू हुने गरी यस्तो व्यवस्था गर्न लागेको हो । मार्च १४ देखि लागू हुने गरी करार अवधि सकिएपछि विदेशी श्रमिकले रोजगारदाताको अनुमतिबिनै स्वदेश फर्कन सक्ने र रोजगारदातासमेत परिवर्तन गर्नसक्ने व्यवस्था गर्न लागेको जनाएको छ ।

यसअघि साउदी सरकारले घरमा बँधुवा मजदुरका रूपमा काम गर्ने श्रमिकलाई लागू हुने काफला प्रणाली पनि हटाउने निर्णय गरेको बताइएको छ । नयाँ श्रम कानुनले स्वदेश फर्कंदा आप्रवासी श्रमिकले विद्युतीय माध्यममार्फत रोजगारदातालाई जानकारी भने गराउनुपर्नेछ ।यसअघि साउदी अरबबाट स्वदेश फर्कन रोजगारदाताको अनुमति अनिवार्य थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More